रोयल इन्फिल्ड क्लासिकको बीएस ६ भेरिएन्ट तत्काल नेपाल नआउने

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं - रोयल इन्फिल्ड मोटरसाइकलको चर्चित मोडल क्लासिक ३५० को बीएस ६ भेरिएन्ट तत्काल नेपाल नआउने भएको छ । रोयल इन्फिल्ड बाइकको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सका बिजनेस हेड कनक जम्मरका अनुसार बीएस ४ को तुलनामा बीएस ६ महंगो पर्ने हुँदा तत्कालै ल्याउने तयारी नगरिएको हो । भारतीय बजारमा बीएस ६ को मूल्य १२ हजार रुपैयाँसम्मले महंगो पर्छ ।

भारतमा बीएस ६ अनिवार्य गरिएपनि नेपालमा यस सम्बन्धी मापदण्ड बनिसकेको छैन । जसका कारण कम्पनीहरुले बीएस ६ भेरिएन्ट नै आयात गर्नुपर्छ भन्ने बाध्यकारी अवस्था नरहेको र मूल्यका हिसाबले पनि ग्राहकलाई अनावश्यक बोझ नपरोस् भन्ने सोचाइका कारण तत्काल यो मोडल नेपाल भित्र्याउन आफूहरु अनिच्छुक रहेको जम्मरले बताए । उनले भने, ‘बीएस ६ मा धेरै नै फिचर्स थप गरिएका कारण यो महंगो पर्छ । नेपाली बजारको हालको अवस्था हेर्दा ग्राहकले महंगो मूल्य तिरेर नयाँ भेरिएन्ट खरिद गरिहाल्ने अवस्था देखिदैन । त्यसैले पनि हामीले यो मोडल नेपाल भित्र्याउने विषयमा कुनै सोच बनाएका छैनौ ।’ यद्यपि यसको २०२१ मोडल भने नेपाल आउन सक्ने सम्भावना रहेको उनले बताए ।

हाल नेपाली बजारमा क्लासिक ३५० को २ वटा मोडल उपलब्ध छन् । जसमध्ये बेस मोडलको मूल्य ५ लाख १५ हजार र ड्युअल च्यानल एबीएस सहित क्लासिकको ६ लाख रुपैयाँ पर्छ ।

Motorhead

 


Subscribe Now