tvs-race
जेनेभा मोटर शोमा फरक खाले इलेक्ट्रिक कार धेरैले रुचाए । ती मध्ये अनुहार स्क्यान गरेर मात्र अन हुने कार समेत थियो । यसका लागि चाबी बोक्नु पर्ने बाध्यता हुँदैन ।

क्रोसियाको इलेक्ट्रिक कार निर्माता कम्पनी रिम्याक अटोमोबिलले कन्सेप्ट टु नामक इलेक्ट्रिक हाइपर कार प्रदर्शन गरेको थियो । यसको महत्वपूर्ण विशेषता भनेको यसमा भएको फेसियल रिकग्निसन प्रविधि हो । यसमा भएको क्यामेराबाट चालकको अनुहार स्क्यान गरेर मात्र इन्जिन अन हुन्छ । यसको अर्थ कार मालिक नभएको समयमा यो कार अन हुदैन ।

त्यसैले चोरी हुने डर हुँदैन । यो कार ४ सय १५ किलोमिटरको टप स्पिडमा कुद्न सक्छ । अनि यो कार १ सय ५० युनिट मात्र निर्माण गरिने बताइएको छ ।