tvs-race

वर्ष २०७६ मा सुजुकी फोर ह्विलरको नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले ६ मोडलका गाडी नेपाली बजारमा उपलब्ध गरायो ।

कम्पनीले नाडा अटो शो को अवसर पारेर नेपालको इतिहासमै पहिलो पटक स्मार्ट हाइब्रिड टेक्नोलोजीका तीन वटा गाडी उपलब्ध गरायो । कम्पनीले स्मार्ट हाइब्रिड टेक्नोलोजीका सुजुकीका अर्टिगा, सियाज र एस–क्रसका साथै अर्को नयाँ मोडल एक्सएल ६ गाडी नेपाली बजारमा उपलब्ध गराएको थियो ।

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात् कहिले ब्याट्रीको मात्र खपत हुन्छ भने कहिले ब्याट्रीको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्याट्रीले मात्र इन्जिनमा शक्ति पु¥याउननसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।

त्यसैगरी पुस महिनामा नेपाली बजारमा ‘माई फर्स्ट एसयूभी’ को ट्याग सहित एस–प्रेसो गाडी लन्च गरियो । सो गाडी एसयूभीजस्तै आधुनिक र ‘बोल्ड’ डिजाइनयुक्त रहेको कम्पनीले जनाएको छ। गाडीको बोल्ड र शक्तिशाली एसयूभी ‘लुक्स’ले अरुभन्दा भिन्न देखाउँछ।

यही वर्ष नै सुजुकीले कमर्सियल गाडीको रुपमा इको कार्गोको नयाँ भर्सन पनि नेपाली बजारमा उपलब्ध गरायो ।

बिक्रीका हिसाबले सुजुकीका लागि यो वर्ष एस–प्रेसो उल्लेखनिय रह्यो । इन्ट्री लेभलको गाडी भएकाले भोल्युम र सेल्सको हिसाबले एस–प्रेसोले राम्रो बजार लिनु स्वाभाविक पनि रहेको सीजी मोटोकर्पका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्य बताउछन् । मध्यम वर्गिय ग्राहकका लागि निकै नै उपयुक्त भएको सो गाडी पनि देशमा भएको फाइनान्सियल कठिनाईका कारण कम्पनीले अपेक्षा गरे अनुरुप बिक्री भने हुन सकेन ।

यो वर्षको बजेटमा हाइब्रिड गाडीको निकै नै चर्चा भयो । यस्ता गाडीमा भन्सार छुट दिने चर्चा पनि चल्यो । तर सुजुकीले नेपालमा भित्र्याएका स्मार्ट हाइब्रिड गाडी उक्त प्रविधि अन्तर्गत पर्ने वा नपर्ने भन्नेमा धेरै विवाद पनि भयो । अन्ततः सरकारले स्मार्ट हाइब्रिड नभई हाइब्रिडमा मात्र छुट दिने भन्ने नीति भएको बतायो ।

सुजुकीले ल्याएका स्मार्ट हाइब्रिड प्रविधिका अर्टिगा, एस–क्रस र सियाजका साथै प्रिमियम गाडी एक्सएल–६ ले पनि अपेक्षा गरे अनुरुप व्यवसाय गर्न भने सकेनन् । यसमा सरकारी नीतिमा भएको अन्यौलताका साथै देशको अन्य परिस्थितिले पनि असर पारेको कम्पनीको तर्क छ । प्रिमियम गाडी भएकाले धेरै अपेक्षा पनि कम्पनीले गरेको थिएन ।

वर्ष २०७६ मा समग्र अटोमोबाइल क्षेत्रमा परेको असर सुजुकीले पनि भोग्यो । देशमा भएको आर्थिक संकट र सरकारले लिएको नीतिले यसमा असर पुग्न गएको हो । बैंकहरुले गाडीमा लगानी गर्नका लागि दिने अटो लोन पनि यो वर्ष राम्रो हुन सकेन । यसको प्रत्यक्ष असर सुजुकीलाई पनि प¥यो ।

सुजुकीले यो वर्ष नेक्स्ट जेन आउटलेटको नयाँ कन्सेप्टका साथ सोरुम संचालनमा ल्यायो । यी सोरुममा प्रिमियम रेन्जका गाडी मात्र बिक्री हुने गरेका छन् । नक्सालस्थित सोरुममार्फत प्रारम्भ गरिएको यस प्रकारका आउटलेट अन्य चार स्थानमा समेत तयारी अवस्थामा भए पनि कोभिड–१९ का कारण भएको लकडाउनले यो वर्ष ती आउटलेट औपचारिक रुपमा संचालनमा ल्याउन नसकिएको शाक्यले बताए ।