सिप्रदीद्वारा राहत वितरण

ISUZU

tvs-race
yamaha-nepal
thee-go

सिप्रदी ट्रेडिङको सामाजिक सहायता संस्था सिप्रदीयन सहायता संस्थाले सिन्धुपाल्चोक जिल्लाका ८ गाविसका भूकम्पपीडितलाई ७ सय त्रिपालसहित खाद्यान्न वितरण गरेको छ । संस्थाले २० हजार किलोग्राम चामल, ४ हजार किलोग्राम चिउरा, ८ सय किलोग्राम दाल र चाउचाउ वितरण गरेको जनाएको छ । संस्थाका अनुसार बाह्विसे, मानेसरा, गाती, घुम्ताङ, मार्मिङ, लिस्टी, तातोपानी र फुल्पिङकट्टी गाविसमा राहत वितरण गरिएको हो ।

यो भन्दा पहिले सिप्रदीले नुवाकोट जिल्लाको सामरी गाविसका भूकम्पपीडित परिवारलाई करिब ५ हजार किलोग्राम खाद्यान्न र करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको थियो । सिप्रदीद्वारा वितरित राहत सामग्रीमा टेन्ट, त्रिपाल, दाल, चामल, चिउरा, चाउचाउ, मिनरल वाटर तथा दालमोठ आदि थिए । उक्त क्षेत्रमा यस किसिमको वृहत सहयोग गर्ने सिप्रदी पहिलो भएकाले पीडितहरुले सिप्रदीको प्रशंसा गरेका थिए ।

Motorhead

सिप्रदीले काठमाण्डांैबाट नारायणघाट सम्मको दैनिक निःशुल्क बस सेवा समेत सञ्चालन गरेको छ । संस्थाका संरक्षक श्री शम्भु प्रसाद दाहालले यस किसिमको निशूल्क बस सेवाबाट सयौंै यात्री तथा परिवारहरु लाभान्वीत भई सकेको र हालको दुखद अवस्थामा सूधार नआए सम्म सिप्रदीको यो बस सेवा निरन्तर रहने बताउनु भयो । साथै सिप्रदीले नुवाकोटबाट शूरु गरेको यस्तो राहत सहयोग कार्यक्रम राज्य तथा अन्य संघ सँस्थाहरुको पहुँच पुग्न नसकेका सिन्धुपाल्चोक, गोरखा जस्ता अन्य भुकम्प प्रभावित जिल्लाका विकट क्षेत्रहरुमा पनि विस्तार गर्ने जनाएको छ ।


Subscribe Now