tvs-race

पल्सरले हालै भारतीय बजारमा १२५ सीसी सेगमेन्टमा स्प्लिट सिट सहितको बाइक सार्वजनिक गरेको छ । भारतका केही सहरमा पहिले देखि नै यो बाइक उपलब्ध गराएको भए पनि हाल सबै सहरमा उपलब्ध छ ।

पल्सर १२५ स्प्लिट सिट हाल निकै नै चर्चित छ । धेरैले यसको वारेमा चासो राखेका छन् । स्ट्यान्डर्ड पल्सर १२५ र इन्ट्री पल्सर १५० बीचको भर्सन मानिएको पल्सर १२५ स्प्लिट सिटमा धेरै प्रिमियम फिचरहरु रहेका छन् ।

पल्सर १२५ स्प्लिट सिटमा उही १२४.४ सीसीको बीएस ६ मापदण्डयुक्त इलेक्ट्रोनिक इन्जेक्सन इन्जिन छ, जसले ८५०० आरपीएममा ११.८ पीएसको पिक पावर प्रदान गर्छ । यो सेगमेन्टमा यो सबैभन्दा धेरै पावर हो । त्यसैगरी १४२ केजी कर्ब वेटमा यसको पावर टु वेट रेसियो ८५.७ पीएस प्रतिटन छ ।

यसले ६५०० आरपीएममा १०.८ एनएम पिक टर्क प्रदान गर्छ र इन्जिनमा ५–स्पिड गियरबक्स छ । सो मोटरसाइकलमा स्प्लिट सिट, स्पोर्टी स्प्लिट ग्र्याब रेल र क्लिप–अन ह्यान्डलबार जस्ता फिचरहरु छन् ।

यसमा प्राइमेरी किक अप्सन पनि छ, जसको प्रयोग गरी राइडरले क्लच थिचेर कुनै पनि गियरमा यसलाई स्टार्ट गर्न सक्छन् ।

Motorhead

अन्य फिचर अन्तर्गत यसमा ७९० एमएमको स्याडल हाइट र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यो बाइकमा डिस्क ब्रेक छ भने विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।

बजाज पल्सर १२५ स्प्लिट सिटको मूल्य भारतमा ७९ हजार ९१ भारु तोकिएको छ । नेपाली बजारमा यो बाइक कहिले आउने भन्ने अहिले नै निश्चित भएको छैन । नेपाली बजारमा उपलब्ध भएमा यसको मूल्य २ लाख ५० हजार रुपैयाँको हाराहारी हुने अनुमान गर्न सकिन्छ ।