सार्वजनिक यातायातको पुरा सिटमा यात्रु राख्न दिने सरकारको निर्णय

ISUZU

tvs-race
yamaha-nepal
thee-go

काठमाडौं– सरकारले सार्वजनिक यातायातका पुरा सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक सवारी साधनमा अब पुरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण बन्द रहेको सार्वजनिक यातायात १ असोजबाट खुला भएको थियो । जसमा एक लहरमा १–१ जनामात्र यात्रु राख्न पाइने र ५० प्रतिशत भाडा बढाइएको थियो ।

Motorhead

तर, सोमबारको मन्त्रीपरिषद् बैठकले दशैंमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक यातायातका सबै सिटमा यात्रु राख्न पाउने र पुरानै भाडादर कायम गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।


Subscribe Now