निजी सवारी अब शोख मात्र रहेन, स्वरोजगारको माध्यम समेत बन्यो

ISUZU

yamaha-nepal
thee-go
tvs-race

धादिङ स्थाई घर भएका रमेश अधिकारी हिजोआज आफूसँग भएको मोटरसाइकल प्रयोग गरी मासिक २० हजारसम्म आम्दानी गरिरहेका छन् । नेपाल कमर्श क्याम्पसमा बिबिएस पाँचौ सेमेष्टरमा अध्ययनरत उनले राइड सेयरिङ एप पठाओमा आबद्ध भई उक्त रकम आर्जन गर्न थालेका हुन् ।

ललितपुर इमाडोलमा डेरा गरी बस्ने उनलाई कलेज आउजाउ गर्न सजिलो होस् भनेर अभिभावकले २ बर्षअघि होन्डा साइन बाइक खरिद गरिदिएका थिए । तर उनी यही साधन प्रयोग गरी कलेज आउजाउ गर्नुको साथै फुर्सदको समयमा पठाओमार्फत यात्रुलाई सेवा समेत दिइरहेका छन् ।

‘बिहान कलेज जान्छु र कलेज छुट्टि भएपछि डेरामा नगई बाहिरै खाना खाई पठाओमार्फत यात्रुलाई सेवा दिन्छु । यसले मेरो फुर्सदको समय बचत त भएको छ नै कलेज पढ्नका लागि घरबाट खर्च मगाउन समेत परेको छैन’ उनले भने ।

रमेश त एक प्रतिनिधि पात्र मात्र हुन जसले राइड सेयरिङ एप प्रयोग गरी मनग्य आम्दानी गरिरहेका छन् । पछिल्लो समय बिशेषगरी कलेज बढ्दै गरेका बिधार्थीदेखि यसैलाई आयआर्जनको माध्यम बनाउने राइडरहरु बढिरहेका छन् । यस्ता राइडरमध्ये अधिकांश फुर्सदको समयमा अतिरिक्त आम्दानी गर्न समेत आफुसँग भएको मोटरसाइकल प्रयोग गर्दै आइरहेका छन् । नेपालमा हाल पठाओ, टुटल, लुजुम, सरर आदिले राइड सेयरिङ एपमार्फत सेवा प्रदान गर्दै आइरहेका छन् ।

अनलाइन सपिङमा समेत बढ्दो प्रयोग
कोरोना महामारीका कारण किनमेलमा सहजीकरण गर्नका लागि अनगिन्ति अनलाइन स्टोरहरु सञ्चालनमा आएका छन् । लकडाउनको अवधिमा समेत सामान पु-याउन अनुमति पाएका यस्ता स्टोरहरुले समेत मोटरसाइकल र निजी पिकअप तथा भ्यान मार्फत सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।

यस्ता स्टोरमार्फत सामान खरिद गर्ने ट्रेन्ड बढेसँगै पछिल्लो समय निजी सवारीसाधन चालकलाई फाइदा पुगेको छ । फुडमान्डुमा आबद्ध नुवाकोट स्थाई घर भएका कृष्ण बिष्टका अनुसार काम गर्ने इच्छा र चाहना भएका राइडरहरु खाली बस्नु पर्दैन । ‘अहिले अनलाइनको ट्रेन्ड ह्वात्तै बढेको छ । यस्तो अबस्थामा सेवा प्रदायक कम्पनीहरुले अनुभबी र बिश्वासिला राइडर तथा चालकहरुलाई सेवामा आबद्ध गराई आम्दानी गर्ने बाटो देखाएका छन् । आफुसँग निजी साधन भएका र काम गर्न जाँगर भएकाहरुले रोजगार नपाएर खाली बस्नुपर्र्दैन’ उनले भने ।

यी त भए ठूलो लगानीसमा संचालित अनलाइन सेवा प्रदायक कम्पनीको कुरा । हिजोआज २/४ जना साथीभाई जम्मा भई फेसबुक पेजमा बिज्ञापन गरेकै भरमा अनलाइन सेवा प्रदान गर्नेहरुको जमात समेत बढ्दो छ । यसरी सेवादिने ब्याक्तिहरुले ग्राहकबाट अर्डर आएपछि आयातकर्ता अर्थात सप्लायर कम्पनीमार्फत सामान खरिद गरी उपभोक्ताको दैलोसम्म पु¥याएर राम्रै आम्दानी समेत आर्जन गर्दै आइरहेका छन् ।

भ्यान र पिकअपले बनायो स्वरोजगार
थोरै पुँजी लगानी गरी भ्यान र पिकअप खरिद गर्ने अधिकांश चालकले समेत हिजोआज नयाँ ढंगबाट व्यापार गरिरहेका छन् । यस्ता चालकहरु प्रायः होलसेलर अर्थात सप्लायरमार्फत सामान खरिद गरि आफ्नो सवारीसाधनमा राखी शहरका चोकहरुमा बिक्री गर्छन् ।

Motorhead

सवारीसाधनमै पसल राख्ने यो शैली पछिल्लो समय शहरबाट गाउँघरमा समेत बिस्तार हुन थालेको छ । होलसेलर अर्थात सप्लायरमार्फत सिधा सामान खरिद गरी सवारीसाधनमै बिक्री गर्ने हुँदा सामानको मूल्य समेत कम पर्ने कारण उपभोक्तासमेत यस्ता बिक्रेतामा आकर्षित हुन थालेका छन् ।

‘सिधै सप्लायरमार्फत खरिद गरिने र सटरको भाडासमेत नलाग्ने हुँदा सस्तो मूल्यमा बिक्री गर्न सकिने विशेषताका कारण उपभोक्ताहरु यस्तो पसलमा आकर्षित भएको एक बिक्रेताले बताए । उनका अनुसार बिशेषतः लुगाकपडा, खाद्यान्न, हरियो सब्जी र इलेक्ट्रोनिक सामान बिक्री गर्ने यस्ता बिक्रेताको संख्या बढ्दै गएको छ ।

सवारी चालक अनुमति पत्र भएका र केही रकम लगानी गर्न सक्ने चालकहरुले वित्तीय संस्थाको सहयोगमा आफ्नै सवारीसाधन खरिद गरी सिधा सप्लायरसँग सम्पर्क गरी व्यवसाय गर्न सकिने र यसबाट मनग्य आम्दानी समेत हुने उनले बताए । ‘काम नपाएर निराश बनेर बस्नुभन्दा आफुसँग भएको सिपलाई प्रयोग गरी सवारीसाधनमै व्यापार गर्दा स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिन्छ’ उनले भने ।

 

 

 


Subscribe Now