विद्युतिय कार उत्पादनमा ठूलो रकम लगानी गर्ने माज्दाको घोषणा

जापनिज अटो निर्माता माज्दाले विद्युतिय कार र व्याट्रीको उत्पादनमा ठूलो रकम लगानी गर्ने घोषणा गरेको छ । उसले सवारीसाधन र व्याट्रीमा गरी कुल ११ अर्व डलर हाराहारी लगानी गर्ने घोषणा गरेको हो । कम्पनीले सन् २०३० सम्ममा आफूले बिक्री गर्ने कुल सवारीको ४० प्रतिशतसम्म हिस्सा विद्युतिय पुर्याउने लक्ष्य लिएको छ ।

विश्वका अधिकांश ठूला सवारी उत्पादकले विद्युतिय कार उत्पादनमा जोड दिँदै आइरहेको समयमा माज्दाको यस्तो घोषणा आएको हो । जापानका दुई ठूला अटो उत्पादक टोयोटा र होन्डाले पनि विद्युतिय सवारी उत्पादमा ठूलो रकम लगानी गर्ने यसअघि बताइसकेका छन् भने निशानले विगत लामोसमयदेखी यो सेग्मेन्टका कार उत्पादन गरिरहेको छ ।

लक्जरी अटो व्रान्डका रुपमा परिचित माज्दा विगत लामो समयदेखी नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । हाल यो व्रान्डका सवारीसाधनलाई पारामाउन्ट मोटर्सले आयत गरी विक्रीवितरण गरिरहेको छ । जसका आधारमा भोलिका दिनमा यो व्रान्डको विद्युतिय कार समेत नेपाल आउने संभावना देखिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सका मासिक २ सय युनिट भन्दा बढी इलेक्ट्रिक कार नेपाल भित्रिदै

टाटा मोटर्सका मासिक २ सय युनिट भन्दा बढी इलेक्ट्रिक कार नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा टाटाका इलेक्ट्रिक कारहरु पछिल्लो समयमा धेरैको...

टाटाले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, अल्ट्रोज पनि ईभीमा आउने

टाटाले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, अल्ट्रोज पनि ईभीमा आउने

टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च...

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

ओला इलेक्ट्रिकले पुणेमा रहेको आफ्नो एस१ प्रो इलेक्ट्रिक स्कुटरमा भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...