tvs-race

काठमाडौं – नेपालका लागि टीभीएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला ‘टीभीएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को शुभारम्भ गरेको छ । एक कार्यक्रमका बीच नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सो फेयरको उद्घाटन गरे ।

आजदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्जमा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता उत्कृष्ट अफरहरु रहनेछन् । मेलाको अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन्।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको बदलामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टीभीएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना टीभीएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन्।

ग्राहकले ‘टीभीएस दशैंको दौड’ योजनाअन्तर्गत बाइक नकिन्दा नै एक लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा शतप्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन्। साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।

टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु पाँच वर्षको वारेन्टी, स्थलगत एक्सचेन्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको बताएको छ।

तस्बिरहरु : इस्टिफोन्स अधिकारी