सिन्धुलीमा पेट्रोनस लुब्रिकेन्टको मेकानिक्स भेटघाट सम्पन्न (फोटोफिचर)

सिन्धुली – पेट्रोनस लुब्रिकेन्टले मेकानिक्सहरुलाई विभिन्न जानकारी प्रदान गर्नका लागि सिन्धुलीमा मेकानिक्स भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

पेट्रोनस लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक बतास ब्रदर्सको भातृ संगठन त्रिथुंगा ट्रेडिङ कन्सर्नको आयोजनामा सो मेकानिक्स भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

सिन्धुलीस्थित प्रिन्स सप्लायर्सका सञ्चालक बसन्त लामाको सभापतित्वमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा ४० भन्दा बढी मेकानिक्स र व्यवसायीहरुको सहभागिता थियो ।

सो अवसरमा त्रिथुंगा ट्रेडिङका मार्केटिङ हेड तथा असिष्टेन्ट म्यानेजर पदमबहादुर राना र सेल्स एक्जिक्युटिभ सुजन पोखरेलको उपस्थिति थियो ।

सो अवसरमा बतास अर्गनाइजेसन र नेपालमा यसको व्यावसायिक कारोबार तथा पेट्रोनस लुब्रिकेन्ट र ग्लोब्याट ब्याट्रीको गुणस्तरीयता, विशेषता र अन्य पक्षहरुका वारेमा जानकारी प्रदान गरिएको थियो । कुन सवारी साधनलाई कस्तो विशेषता र गुणस्तरीयताको लुब्रिकेन्ट आवश्यक पर्छ भन्ने वारेमा मार्केटिङ हेड पदमबहादुर रानाले प्रस्तुतिकरण गरेका थिए ।

प्रारम्भ देखि हाल सम्म नेपालमा उपलब्ध भएका सबै ग्रेड र गुणस्तरका पेट्रोनस लुब्रिकेन्टको वारेमा जानकारी प्रदान गरिएको थियो । त्यसैगरी मेकानिक्सहरुका लागि उपलब्ध गराइएको स्किम र मेकानिक्स पासबुकको वारेमा समेत सो अवसरमा जानकारी प्रदान गरिएको थियो । सो अवसरमा मेकानिक्सहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।

मलेसियन सरकारको स्वामित्वमा रहेको पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ । नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । विश्व बजारमा उत्कृष्ट १० लुब्रिकेन्ट मध्ये पेट्रोनस लुब्रिकेन्ट पनि पर्छ । विश्वका ८६ भन्दा बढी देशमा यो लुब्रिकेन्ट बिक्री हुन्छ ।

Subscribe Now