tvs-race

पेट्रोलियम रिफाइनिङ गर्ने मलेसियन कम्पनी पेट्रोनस फर्चुन ५०० सूचीको सबैभन्दा ठूलो कम्पनी बनेको छ । यससँगै पेट्रोनस सो सूचीको १५८ नम्बरमा पर्न सफल भएको छ । यो भन्दा पहिले पेट्रोनस १९१ नम्बरमा थियो ।

मलेसियाको पेट्रोलियम नेसनल बर्थाड (नेसनल पेट्रोलियम लिमिटेड) को छोटकरी रुप नै पेट्रोनस हो । यो मलेसियाको आयल तथा ग्यास कम्पनी हो र सन् १९७४ मा स्थापना भएको थियो । मलेसियन सरकारको स्वामित्वमा भएको सो कम्पनीलाई हालै फर्चुनले विश्वकै १५८ औं ठूलो कम्पनीको रुपमा सार्वजनिक गरेको हो ।

पेट्रोनसकोे एक सय वर्ष पुरानो इतिहास छ । गुणस्तरको हिसाबले यो लुब्रिकेन्ट विश्वमै नम्बर १ मा आउछ । पेट्रोनसले ड्रिलिङदेखि लिएर फिनिसिङ कोर्स सम्म आफ्नै प्रणाली प्रयोग गर्छ । जस्तो कि यसको बेस आयल आफ्नै छ । एडिटिभ्स आफ्नै छ । यसको ग्यास, पेट्रोल, लुब्रिकेन्ट्स आदि सबैका लागि लुब्रिकेटिङ फर्मुला आफ्नै छ । विश्वका कहलिएका गाडी कम्पनीहरुको ओईएमको रुपमा पेट्रोनस छ ।

पेट्रोनसलाई विश्वकै लिडिङ आयल मान्न सकिन्छ । विश्वमा फुटबल प्रतियोगिता भए जस्तै बाइकहरुको प्रतियोगिता मोटोजीपी हुन्छ । ठूला गाडीहरुको प्रतियोगिता डकार ¥याली हुन्छ । संसारकै सबैभन्दा महंगो गेम मानिने कारहरुको रेसिङ फर्मुला वान हुन्छ । यस्तो फर्मुला वान रेस विगत ५ वर्ष यता लगातार पेट्रोनसले जितेको छ । त्यसैले पेट्रोनसलाई वैकल्पिक रुपमा ‘विनिङ फर्मुला’ समेत भनिन्छ ।

पेट्रोनसले सन् २०१९ मा ६२ हजार २३० मिलियन डलर आय आर्जन गरेको थियो र यो अघिल्लो वर्ष भन्दा १९.६ प्रतिशत बढी हो । यसमा ११ हजार ८६८ मिलियन डलर आम्दानी भएको थियो र अघिल्लो वर्ष भन्दा ३५.५ प्रतिशत बढी हो । यो ग्रुप अन्तर्गत ४८ हजार कर्मचारी कार्यरत छन् ।

नेपाली बजारमा पनि बतास ग्रुप अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । त्रिथुंगा ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर शिशिर सुवेदी भन्छन्, ‘हामीले नेपालमा करिव ७ वर्ष पहिले सन् २०१३ देखि आधिकारिक वितरकको रुपमा कार्य गरिरहेका छौ । हामीले यो अवधिमा प्रत्येक वर्ष ४० प्रतिशतको दरले बढी बिक्री गरिरहेका छौ । ग्राहक र सहयोगी साथीहरुले पेट्रोनस रुचाएको कारणले नै हामी यो अवस्थामा आउन सफल भएका हौ ।’

पेट्रोनससँग यो सेगमेन्ट छैन भन्ने नै छैन । हरेक सेगमेन्टका उत्पादन उत्तिकै गुणस्तरीय र पर्फमेन्सयुक्त छन् । अटोमेटिक गियरमा चल्ने बाइकदेखि ठूला उद्योग र कन्स्ट्रक्सन, माइनिङ, हेभी इक्विपमेन्ट, लाइट कमर्सियल गाडीदेखि प्यासेन्जर सेगमेन्टका कार सम्म सबैका लागि कम्प्लिट पेट्रोलियम सोलुसन पेट्रोनससँग छ ।

नेपाली बजारका सम्बन्धमा सुवेदी भन्छन्, ‘हाल सम्म हामीले बाइक, प्यासेन्जर कार र कमर्सियल गाडी गरी अटोमोटिभ लुब्रिकेन्टमा ध्यान केन्द्रीत थियो भने अब हामी इन्डष्ट्रियल र कन्स्ट्रक्सनमा पनि उत्तिकै ध्यान केन्द्रीत गर्दैछौ ।’