रियल टाइम पार्सल सेवा शुरु गर्दै पठाओ, घरको सामान भनेकै स्थानमा पु-याइदिने

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – राइड सेयरिङ एप ‘पठाओ’ ले ‘रियल टाइम पार्सल’ सेवाको सुरुवात गर्ने भएको छ । रियल टाइम पार्सलमार्फत घरमा छुटेका सामान देखि भर्खरै तयार गरिएका खानेकुरा समेत पठाओमार्फत मगाउन सकिने छ ।

यसबाट विशेष गरी कार्यालयमा जाने र दिउसो घरैको खाना खान चाहनेहरु बढी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातका अनुसार यसका लागि आवश्यक तयारी भइरहेको छ र केही समय भित्रबाटै सेवा सञ्चालनमा आउने छ ।

Motorhead

बस्न्यात भन्छन्, ‘यसले कार्यलयमा काम गर्दागर्दै घरमा सामान छुट्यो भनेर कुद्नु पर्ने झन्झट, सामान छुट्यो भनेर चिन्ता लिएर दिनभर काम नै अवरुद्ध हुने अवस्थाको सिर्जना नहोस भन्ने उदेश्य पठाओको हो । त्यो भन्दा पनि महत्वपूर्ण उद्देश्य मान्छेले घरमा पाकेको खान अफिसमा बसेर खान पाओस भन्ने हामी चाहन्छौं ।’

यो सेवा सुरु भएको खण्डमा पठाओबाट घरबाट खाना मगाएर खान सकिन्छ । यसले ईकमर्स कम्पनीलाई पनि सहयोग पु¥याउनेछ ।


Subscribe Now