tvs-race

काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको विकास समितिले सरकारलाई तत्काल सार्वजनिक यातायात अन्तर्गत भाडाका ट्याक्सी चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सभापति कल्याणी खड्काको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गर्दै सरकारलाई ट्याक्सी खुल्ला गर्न भनेको हो ।

समितिद्वारा प्रकाशित सूचनामा भनिएको छ‚ ‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड १९ काइसिस मेनेजमेन्ट कमिटी सिसिएमसीले तयार पारेका मापदण्डहरू पुरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पुरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ।’

समितिको बैठकले सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

Motorhead

ट्याक्सी व्यवसायीहरुले ट्याक्सी चलाउन दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले केही दिन पहिले यसका लागि आन्दोलन समेत गरेका थिए ।