सवारी साधनमा अनलाइन टिकटका लागि निर्देशिका जारी

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका सवारी साधनमा यात्रा गर्दा अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाउनका लागि आवश्यक निर्देशिका जारी गरेको छ। सार्वजनिक यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विभागले सो निर्देशिका ल्याएको बताएको छ ।

‘लामो तथा मध्यम दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी गर्दै विभागले यसबाट यात्रु तथा व्यवसायी दुवैलाई लाभ हुने जनाएको छ।

विभागले ल्याएको उक्त निर्देशिकामा यातायात व्यवसायीहरुले दसैंमा ३० दिनअघिनै बुकिङ खोल्नु पर्ने उल्लेख छ।

Motorhead

विभागले पारदर्शी र प्रविधिमैत्री सार्वजनिक यातायातको योजना अनुसार अनलाइन प्रविधि सफ्टवेयर विकास गर्न निर्देशिका जारी गरेको हो।


Subscribe Now