लकडाउन छ, घरैमा औषधि चाहियो ? अनलाइन औषधिलाई सम्पर्क गर्नुस्

ISUZU

tvs-race

लकडाउन छ । घरमा औषधि चाहिएको छ । यो समयमा सबैको सहयोगी बनेको छ । अनलाइन औषधि ।

फोन गरेर, इमेल गरेर वा म्यासेज पठाएर यी सबै कार्य गर्न सकिन्छ । अनलाइन औषधिका प्रतिनिधि घरैमा आइपुग्छन् ।

हाल यसरी घरैमा औषधि उपलब्ध गराउने धेरै अनलाइन सुविधा उपलब्ध छन् । तर अनलाइन अ‍ैषधि भने यसरी सेवा उपलब्ध गराउने पहिलो संस्था भएको यसका सञ्चालक सञ्जिव सिंह बताउँछन् । अनलाइन औषधि नेपालकै पहिलो अनलाइन फार्मेसी सिष्टम भएको उनको दावी छ ।

अनलाइन औषधिले यो भन्दा पहिले २०७२ सालको महाभूकम्पको समयमा पनि यसरी नै सेवा उपलब्ध गराएको थियो ।

यो कार्यमा सञ्जिव र उनकी बहिनी सबी सिंहको आइडियाले भूमिका खेलेको छ । उनीहरुले राजधानीको कालिमाटीस्थित एसएम फर्मा समेत सञ्चालन गरिरहेका छन् । सो फर्मा कालिमाटी क्षेत्रमा पहिले देखि नै प्रचलित लोकप्रिय औषधि पसल हो । उनीहरुले त्यही फर्मालाई अहिले अलि फरक तरिकाले चलाएका हुन् ।

पहिले देखि नै प्रचलित औषधि पसलमार्फत औषधि उनीहरुले अहिले ग्राहकको घरैमा पु-याइरहेका छन् ।अनलाइन औषधिले अन्य फार्मेसीले जस्तै विरामीलाई औषधि उपलब्ध गराउने भए पनि यसको प्रक्रिया मात्र फरक भएको बताइएको छ । सञ्जिव भन्छन् ‘हामीले विरामीको घर वा अफिसमै औषधि पु¥याइदिन्छौ । यसका लागि फार्मेसी सम्म पुग्नु पर्दैन ।’

अनलाइन औषधिको यात्रा सामान्य रुपमा प्रारम्भ भएको थियो । बी.इ.आई.टी पढ्दै गर्दा सञ्जीवले कलेजमा एउटा प्रोजेक्ट बुझाउनुपर्ने थियो, सूचना(प्रविधिमा आफ्नो दक्षता प्रदर्शन गर्न । उनले छानेको प्रोजेक्टले सबै जना आश्चर्यमा परे ।

‘मैले यस्तो सफ्टवेयर बनाएँ, जसको प्रयोगले औषधी पसलको स्टक व्यवस्थापन गर्न सकिन्छ’, उनले भने, ‘औषधी पसलमा थुप्रै औषधी हुन्छन्, कुन चाहिँको मिति सकियो र कुनको स्टक सकियो हेरिरहन निकै गाह्रो हुन्छ ।’

उनले बनाएको सफ्टवेयरले यो सबै समस्या केही हदसम्म समाधान गरिदिएको थियो ।

उनीहरूका बुवा सूर्यमान सिंहको केही वर्षअघि निधन हुँदा उनीहरूको औषधि पसल ‘अटो पाइलट’ मा गइसकेको थियो । औषधिका थोक बिक्रेताले सबै सामान आफैं ल्याइदिन्थे । पसल चलाउँन खासै मिहिनेत नलाग्ने भइसकेको थियो । कलेज सकेर सबी भने स्वास्थ्य सेवा विभागमा काम गर्न थालिसकेकी थिइन् ।

सञ्जीव भने एउटा आइटी कम्पनीमा संलग्न थिए । अनलाइन औषधी पसलको आइडिया भने उनीहरूलाई निकै पछि मात्रै आएको थियो ।

अनलाइन औषधिमार्फत औषधि अर्डर गर्नका लागि विभिन्न बिकल्प उपलब्ध छन् । प्रविधिका अन्य माध्यम उपयोग गर्न नजाने पनि सामान्य रुपमा फोन गरेकै भरमा पनि औषधि अर्डर गर्न सकिन्छ ।

Motorhead

‘एकदिन अफिसका साथीहरूसँग कुरा गर्दै गर्दा मैले आफूले पहिले औषधी पसल व्यवस्थापन गर्ने सफ्टवेयर बनाएको कुरा गर्दै थिएँ’, उनी भन्छन्( ‘त्यत्तिकैमा एक जना साथीले सोधे, ‘अनलाइन औषधी पसल किन नखोल्ने त ?’

धेरै समय अनलाइन औषधी पसलको कुरा उनको दिमागमा चलिरह्यो । केही दिनपछि उनले यो विषयमा बहिनी सबीसँग कुरा गरे । सबीले तुरून्तै सकारात्मक प्रतिक्रिया दिइन् ।

‘हामीले काम सुरू गर्दा काठमाडौंमा अनलाइन व्यापार निकै फस्टाएको थियो । इलेक्ट्रोनिक्स र लुगा अनलाइन किन्न पाइन्छ, तर औषधी किन किन्न पाइन्न रु’, यो सोच जन्मिँदाको समय सम्झन्छिन् उनी ।

छिटै सबै तारतम्य मिल्दै गयो र कामले गति लियो । उनीहरूले आफ्नो बलिया पक्षहरूको बारेमा बल्ल जानकारी पाए । उनीहरूसँग नेपालभर फैलिएको औषधी व्यवसायको सञ्जालमा पहुँच थियो र त्यसको प्रयोग गरेर सबैजसो औषधी मगाउन सकिन्थ्यो, त्यो पनि निकै छोटो समयमा । सञ्जीवले नयाँ कम्पनीका लागि सफ्टवेयर बनाए ।

केही महिनाभित्रै दुवै जना मिलेर नयाँ कम्पनी दर्ता गरे, घर-घर औषधि ‘डेलिभरी’ गर्ने ।

त्यसपछि यसले औषधि डेलिभरी गर्ने काम गरिरहेको छ । तर यसरी औषधि पु¥याउने काम मात्र अनलाइन औषधिले गर्दैन । यसका साथै विरामीको सम्पूर्ण रेकर्ड राखेर बीचमा समेत औषधिका लागि सम्झाउने र झक्झक्याउने काम समेत गर्छ । अनलाइन औषधिले ग्राहकको सबै प्रेस्क्रिप्सन रेकर्ड राख्ने र पुरै ट्रिटमेन्ट हिस्ट्री नै हेर्न मिल्ने गरी राख्छ । यसको अर्थ कुनै पनि ग्राहकको हेल्थ बायोडाटा तयार गरेर राख्छ । यसका आधारमा ग्राहकको सम्पूर्ण विवरण कुनै पनि समयमा हेर्न सकिन्छ ।

विरामीको औषधि सकिने समय भयो भने पहिले नै कल गरेर सम्झाउने काम पनि अनलाइन औषधिले गर्छ । त्यसैगरी उनीहरुका लागि आवश्यक औषधि कमसेकम तीन महिनाका लागि पुग्ने गरी स्टक समेत राख्ने गर्छ ।

ग्राहकका लागि यी वाहेक अन्य विभिन्न जानकारीमूलक सामग्री समेत अनलाइन औषधिले उपलब्ध गराउदै आएको छ । उनीहरुको स्वस्थ जीवनका लागि विभिन्न टिप्सहरु उपलब्ध गराउने उद्देश्यले ब्लग साइट नै उपलब्ध गराएको छ । यहाँ स्वास्थ्यका लागि आवश्यक टिप्सहरु अध्ययन गर्न र व्यवहारमा लागू गर्न सकिन्छ । त्यसैगरी वेबपोर्टल https://www.onlineaushadhi.com/ मार्फत विभिन्न औषधिहरुको विस्तृत विवरण थाहा पाउन सकिन्छ । यसमा ३० हजार भन्दा बढी औषधिको वारेमा जानकारी लिनुका साथै अन्य हेल्थ इक्विपमेन्टको वारेमा समेत थाहा पाउन सकिन्छ ।

यसको फेसबुक पेज https://www.facebook.com/healthtips.onlineaushadhi/ मार्फत पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।

अनलाइन औषधिमार्फत औषधि अर्डर गर्नका लागि विभिन्न बिकल्प उपलब्ध छन् । प्रविधिका अन्य माध्यम उपयोग गर्न नजाने पनि सामान्य रुपमा फोन गरेकै भरमा पनि औषधि अर्डर गर्न सकिन्छ । यसका लागि ९८४१५६८५६८ मा कल गर्न सकिन्छ । त्यसैगरी फेसबुक म्यासेन्जर, भाइबर र ह्वाट्सएपमा म्यासेज गर्न सकिन्छ । त्यसैगरी इमेलमार्फत पनि अर्डर गर्न सकिन्छ ।

 


Subscribe Now