Apache Race Track Experience

भविन गदानी
डाइरेक्टर, केसीआई बेरिङ्स (इन्डिया) लिमिटेड

भविन गदानी केसीआई बेरिङ्स (इन्डिया) लिमिटेडका डाइरेक्टर हुन् । नेपालमा कामना अटोमोटिभ्सले केसीआई बेरिङ्सका विभिन्न उत्पादनको आधिकारिक वितरकको कार्य गरिरहेको छ । केही समय पहिले कामना अटोमोटिभ्सको मेकानिक्स मिटको अवसरमा नेपाल आएको सन्दर्भमा गदानीसँग गरिएको कुराकानी :

केसीआई बेरिङ्स कस्तो कम्पनी हो ?
केसीआई बेरिङ्सले ७० को दशकमा बेरिङ उत्पादन थालेको थियो । यद्यपि कम्पनीको स्थापना त्यो भन्दा पहिले नै भएको थियो । हाम्रो हजुर बाले सन् १९५० को दशकमा कम्पनीको स्थापना गर्नुभएको थियो । यसको कारखानमा गुजरातको सुरेन्द्रनगरमा छ ।

हामी अटोमोबाइल र टेक्सटाइल बेरिङ उत्पादन गरिरहेका छौ । अटोमोटिभ क्षेत्रमा ट्रान्समिसन, ह्विल, इन्जिन, प्रोपेलर साफ्ट ज्वाइन, स्टेयरिङ, सस्पेन्सन, क्लच रिलिज र प्रिसिजन कम्पोनेन्ट गरी सबै रेन्जका बेरिङ उपलब्ध गराउछौ । टेक्सटाइलमा पनि हाम्रा विभिन्न रेन्ज छन् ।

भारतमा हाल बजारको अवस्था कस्तो छ ?
भारतको बेरिङ बजारमा हाम्रो सेगमेन्टमा करिब ६० प्रतिशत बजार हाम्रै कम्पनीको उत्पादनले ओगटेको छ । धेरै कम्पनीहरुले ओईएमको रुपमा हाम्रै उत्पादन मात्रै प्रयोग गरिरहेका छन् ।

अटोमोबाइल बेरिङको क्षेत्रमा हामी लिडिङ कम्पनी हौ । १९७५ मै भारतीय राष्ट्रपतिबाट पुरस्कृत भएको कम्पनीको रुपमा समेत परिचित भएको कम्पनी भएकाले पनि हाम्रो कम्पनीको विश्वसनियता बढेको मान्न सकिन्छ । टाटा मोटर्स र मुख्य भारतीय अटोमोबाइल निर्माता कम्पनीहरुसँग हामी ओईएमको रुपमा बेरिङ उपलब्ध गराइरहेका छौ । कार, एलसीभ, एचसीभी, हेभी सबैमा हाम्रो उपस्थिति छ ।

अन्य कुन कुन देशमा निर्यात हुन्छ ?
हामीले नेपाल, बंगलादेश र श्रीलंका लगायतका एसियाली देशहरुमा निर्यात गर्छौै ।

नेपालमा आफ्नो उत्पादन उपलब्ध गराउनका लागि कामना अटोमोटिभ्सलाई किन रोज्नु भयो ?
कामनाको टिम व्यवस्थित छ । मेहनती कर्मचारीहरुको टिम छ । युवाहरुको टिम छ । कुनै उत्पादनको बजार व्यवस्थापनका लागि सम्भव भए जति कार्य गर्ने उत्सुकता भएको कम्पनी हो । यसका लागि सबै क्षमता कामना अटोमोटिभ्ससँग भएको तथ्य बुझेर नै हामीले यसलाई रोजेका हौं ।

आगामी दिनमा नेपालमा बजार विस्तारका लागि थप कुनै योजना बनाउनु भएको छ ?
हामी कामना अटोमोटिभ्ससँगको सहकार्यमा तेस्रो वर्ष काम गरिरहेका छौ । हामीसँग भएका अटोमोटिभ्स र टेक्सटाइल सेगमेन्ट मध्ये कामनाले अटोमोटिभ्सको कारोबार गरिरहेको छ । अब हामी यसका लागि विभिन्न योजना बनाइरहेका छौ । हाम्रो यो पहिलो भ्रमण हो । कम्पनीको टप म्यानेजमेन्टको तर्फबाट भएको पहिलो भ्रमण भएकाले पनि हामी आगामी दिनमा विस्तृत योजनाका साथ अगाडि बढ्ने छौ ।

नेपालको बेरिङ बजारमा कस्तो सम्भाव्यता देख्नुभएको छ ?
हाल सबै क्षेत्रमा प्रतिस्पर्धा छ । तर कामनाले राम्रो गरिरहेको छ । नेपालमा धेरै सम्भावना देखिएको छ । कामनाको बिजनेस मोडलले नै हाम्रो बजारलाई माथि उठाउन सहयोग गर्ने देखेका छौ । कामनाको धेरै बिजनेस एसोसिएटहरुसँग सम्बन्ध छ । त्यसपछि हाम्रा उत्पादनमा गुणस्तरीयता छ । दुवै कुरा मिले पछि बजार पनि राम्रो नै हुनेछ ।