tvs-race

काठमाडौं - देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रुमा कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १५ साउनबाटै साँझ ७ बजेदेखि विहान ७ बजेसम्म लागू हुने गरी काठमाडौँ उपत्यकामा प्रवेश नाकामा यात्रा आवागमनमा रोक  लगाइएको जनाएको छ ।

गृहले जारी गरेको सूचना अनुसार एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै यातायात बन्द गर्ने निर्णय गरिएको छ।

पछिल्ला दिनहरुमा उपत्यका प्रवेश गर्नेहरुमा कोरोना संक्रमण पाइएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Motorhead

विभिन्‍न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि स्वास्थ्य मन्त्रालयले ती नाकाहरुमा कडाइका साथ स्वाब संकलन गरिरहेको छ।