रेनो डस्टरको नेक्स्ट जेनेरेसन कार लन्च हुने, यस्तो हुनेछ फिचर्स

ISUZU

thee-go
tvs-race
yamaha-nepal

रेनोले आउँदो दुई वर्ष भित्र भारतमा नयाँ दुईवटा मोडलका कार लन्च गर्ने भएको छ ।

रेनो क्विडमा आधारित सो पीभीसी एमपीभी यही वर्ष जुलाईमा लन्च हुनेछ । त्यसैगरी नयाँ डस्टर एसयूभी २०२० मा लन्च गर्नेछ । २०२० मा हुने अटो एक्स्पोमा कम्पनीले ती कार लन्च गर्ने सम्भावना रहेको छ ।

सो कारको फस्र्ट जेनेरेसन मोडल कार २०१२ मा भारतमा लन्च गरिएको थियो । हुन्डाई क्रेटा र मारुती एस–क्रससँग प्रतिस्पर्धाको कारण डस्टरको बिक्रीमा गिरावट आएको थियो ।

कारको बिक्री बढाउनको लागि कम्पनीले फेसलिफ्ट भर्सन लन्च गरेको थियो । कम्पनीले कारको बिक्री बढाउनको लागि छुट अफर पनि निकालेको थियो तर यसले कम्पनीलाई केही फाइदा उपलब्ध हुन सकेन । अहिलेको समयमा सो कार औसत १ हजार युनिट हरेक महिना बिक्री भइरहेको छ ।

रिभाइज्ड स्टाइलिङ
कम्पनीले नयाँ डस्टरको मोडल फरक स्टाइलिङको साथमा लन्च गर्नेछ । हालको मोडल र नयाँ डस्टरमा केही समानता भने रहेको छ । वर्तमान मोडलमा जस्तै नयाँ डस्टरमा भी–जिरो प्लेटफर्म रहनेछ । नयाँ डस्टरमा भारत स्टेज ६ मापदण्डको इन्जिन विकल्प पनि रहेको छ ।

टर्बाेचार्ज्ड इन्जिन
नयाँ डस्टरमा टर्बाेचार्ज्ड पेट्रोल इन्जिन पनि हुन सक्नेछ । यसको साथै यसमा बीएस६ कम्प्लायन्ट टर्बाे डिजेल इन्जिनको अफर पनि हुन सक्नेछ । सो कारमा फ्रन्ट ह्विल ड्राइभ र अल ह्विल ड्राइभको विकल्प हुने सम्भावना रहेको छ । दुबै इन्जिनमा म्यानुअल गियरबक्स पनि जडान गरिनेछ । नयाँ डस्टरमा अटोमेटिक ट्रान्समिसन समावेश गरिनेछ कि छैन भन्ने जानकारी भने कम्पनीले दिएको छैन ।

नयाँ डस्टर ७ सिटर हुने
वर्तमानमा उपलब्ध डस्टरमा जस्तै नयाँ डस्टरमा पनि ७ सिटर हुनेछ ।


Subscribe Now