महानगरीय ट्राफिक प्रमुखमा अब जनक भट्टराई, ढकाल सामुदायिक प्रहरी महाशाखामा

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं - गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा जनक भट्टराई सरुवा भएका छन् ।

हाल महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको रुपमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा भएका छन् ।

नयाँ निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।


Subscribe Now