BMW Dashain offer
tvs-race

जापनिज अटोमोबाइल कम्पनी टोयोटाले लोकप्रिय एमपीभी हायसको छैटौं जेनेरेसनको हायस फिलिपिन्समा सार्वजनिक गरेको छ ।

कम्पनीले आगामी दिनमा हायसलाई अन्य देशको बजारमा समेत उपलब्ध गराउने बताएको छ ।

यसका आधारमा आगामी दिनमा नेपालमा समेत नयाँ जेनेरेसनको टोयोटा हायस उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

टोयोटा न्यु ग्लोबल आर्किटेक्चरमा आधारित नयाँ २०१९ टोयोटा हायसको एक्सटेरियर र इन्टेरियरका साथै डाइमेन्सनमा समेत वृद्धि गरिएको छ । यसमा सबै गरी १७ जना बस्न मिल्ने क्षमता छ र मिनी बसको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

नयाँ हायस सामान्य स्ट्यान्डर्ड रुफ र लामो भर्सनको हाइ रुफ गरी दुई बडी टाइपमा उपलब्ध हुनेछ ।

त्यसैगरी ३.५ लिटर भी६ पेट्रोल इन्जिन र २.८ लिटर फोर सिलिन्डर टर्बो डिजेल इन्जिन गरी दुई अप्सनमा उपलब्ध हुनेछ । त्यसैगरी यो ६–स्पिड म्यानुअल ट्रान्समिसन र अटोमेटिक युनिट गरी दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।

टोयोटाको यो नयाँ हायस पहिले भन्दा धेरै स्पेसियस र आरामदायक हुनुका साथै सर्भिसिङ र रिपेयरका लागि समेत उपयुक्त भएको दावी गरिएको छ ।

त्यसैगरी यसमा पहिले भन्दा राम्रो राइड क्वालिटी र एनभीएच लेभल छ । यसको अर्थ पहिले भन्दा न्वाइज, भाइब्रेसन र हार्सनेस कम हुन्छ । त्यसैगरी सुरक्षाको लागि प्रयोग गरिएको टोयोटा सेफ्टी सेन्सका कारण यसले युरो एनक्यापमा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ ।

हाल टोयोटाले एसिया, मध्यपूर्व, अफ्रिका, ओसेनिया, मेक्सिको र ल्याटिन अमेरिकामा टोयोटा हायस बिक्री गरिरहेको छ । संसारमै लोकप्रिय मोडलको रुपमा मानिएको हायस विश्वका १५० भन्दा बढी देशमा बिक्री हुन्छ ।

हाल सम्म ६२ लाख ४० हजार भन्दा बढी हायस बिक्री भइसकेका छन् ।