tvs-race

टोयोटा ह्यारियर एसयूभीको नयाँ मोडलको फोटो मिडियामा लिक भएको छ । लिक भएको फोटो अनुसार सो न्यु जेनेरेसन मोडलको डिजाइन र स्टाइलिङमा केही परिवर्तन गरिएको देख्न सकिन्छ ।

भारतीय बजारमा ह्यारियरको नामको एसयूभी टाटा मोटर्सले बिक्री गर्ने गरेको छ । जसलाई जनवरीमा २०१९ मा लन्च गरिएको थियो । पछि टोयोटाले पनि ह्यारियर नामक कार उपलब्ध गराइरहेको कुरामा विवाद भए पछि नेपाली बजारमा सो कार एच फाइभ नामले बिक्री भइरहेको छ ।

जापानमा सन् १९९७ देखि टोयोटाले ह्यारियर बिक्री गर्दै आएको छ । टोयोटा ह्यारियर र टाटा ह्यारियर फरक फरक एसयूभी हुन् ।

सार्प र आकर्षक लुक
लिक भएको फोटो अनुसार नयाँ टोयोटा ह्यारियरमा स्लिक क्रोम ग्रिल, सार्प लुक भएको एलईडी हेडल्याम्प र नयाँ एलईडी डीआरएल समावेश गरेको छ । लामो बोनट, स्लिक रुफलाइन र पातलो रियर विन्डोले एसयूभीको लुकलाई आकर्षक बनाएको छ । एसयूभीको पछाडिको भागमा एलईडी टेलल्याम्पको डिजाइनमा पनि केही परिवर्तन गरिएको छ ।

इन्टेरियर
नयाँ टोयोटा ह्यारियरको इन्टेरियर निकै प्रिमियम रहेको छ । क्याविनको रियर भ्यु मिररमा इन्टिग्रेटेड ड्यास क्यामेरा समावेश गरेको छ । एसयूभीमा इलेक्ट्रोक्रोमिक सनरुफ, प्रिमियम लेदर सिट, फ्रन्ट सिट भेन्टिलेसनको साथमा मेमोरी सिट, अप्टिट्रोन मिटरको साथमा मिड, अटो डिमिङको साथमा इलेक्ट्रोक्रोमिक रियर भ्यु मिरर, पावर एड्जस्टेबल टिल्ट र टेलेस्कोपिक स्टेयरिङ र स्मार्ट स्टार्ट र इन्ट्रि सिस्टम जस्ता फिचर रहेको छ ।

वर्तमान मोडल भन्दा ठूलो
रिपोर्ट अनुसार नयाँ टोयोटा ह्यारियर हाल उपलब्ध मोडल भन्दा ठूलो छ । सो एसयूभीको तेस्रो लाइनको सिटलाई अप्सनल सिटमा राखिएको छ । न्यु जेनेरेसन मोडललाई नयाँ टोयोटा न्यु ग्लोबल आर्किटेक्चर प्लेटफर्ममा डिजाइन गरिनेछ ।

सेफ्टी
टोयोटाको नयाँ ह्यारियरमा सेफ्टीको लागि एसआरएस एयरब्याग, एबीएस, फ्रन्ट र रियर सेन्सर, प्रि कलिसन सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, डायनामिक राडार क्रुज कन्ट्रोल, एड्याप्टिभ हाई बीम सिस्टम, बे्रक असिस्ट र लेन डिपार्चर अलर्ट जस्ता फिचर रहेको छ ।

पावर
नयाँ टोयोटा ह्यारियरमा २.० लिटर डायरेक्ट इन्जेक्टेड डायनामिक फोर्स पेट्रोल इन्जिन हुने अनुमान गरिएको छ । सो इन्जिनले १७२ पीएसको पावर र २०३ पिक टर्क जेनेरेट गर्छ । रिपोर्ट अनुसार नयाँ ह्यारियरमा २.५ लिटर पेट्रोल हाइब्रिड इन्जिनको विकल्प पनि हुनेछ । सो हाइब्रिड इन्जिनको पावर २११ पीएस रहेको छ ।

लन्चिङ समय
नयाँ ह्यारियर २०२० को जुुन महिनामा लन्च हुने अनुमान गरिएको छ । यो वर्ष सबैभन्दा पहिला जापानमा लन्च गरिने छ । त्यसपछि एसियाका अन्य देशमा लन्च गरिने छ । नेपालमा हाल सो एसयूभी लन्च गर्ने कम्पनीको कुनै योजना रहेको छैन ।