लन्च भयो नयाँ जेनेरेसन टाटा सफारी

ISUZU

thee-go
tvs-race
yamaha-nepal

टाटा मोटर्सले आइकोनिक एसयूभी टाटा सफारी भारतमा सार्वजनिक गरेको छ । ९० दशकको चर्चित एसयूभीलाई कम्पनीले पुन २०२१ मा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

टाटा सफारीको शुरुवाती एक्स शोरुम मूल्य १४ लाख ६९ हजार भारु तोकिएको छ । यसको टप इन्ड भेरिएन्टको मूल्य २१ लाख ४५ हजार भारु छ ।

नयाँ सफारी ६ र ७ सिट अप्सनमा उपलब्ध छ । टाटा सफारीमा सेगमेन्टकै पानरोमिक सनरुफ पनि देख्न सकिन्छ ।

टाटा सफारीमा २.० लिटर क्षमताको क्रियोटेक टर्बो डिजल इन्जिन दिइएको छ । यो इन्जिनले १७० एचपी र ३५० एनएम पीक टर्क जेनरेट गर्न सक्षम छ । यो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्सिमिसन र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

टाटा सफारी ६ भेरिएन्टमा उपलब्ध छ । एक्सई, एक्सएम, एक्सटी, एक्सटी प्लस, एक्सजेट र एक्सजेट प्लसमा टाटा सफारी सार्वजनिक गरिएको छ । टाटा सफारीको अटोमेटिक ट्रान्समिसनले १४.८ किमी प्रति लिटर माइलेज दिने कम्पनीको दाबी छ ।

Motorhead

टाटा सफारीमा क्रोम बम्पर, बुट इन्टिग्रेटेड स्पोइलरको साथमा हाई माउन्टेड स्टप ल्याम्प, शार्क फिन एन्टिना, क्रोम विन्डो लाइन, नयाँ अलोय ह्विलको साथमा उपलब्ध हुनेछ । कम्पनीले सफारीको तेस्रो लहरको लागि विशेष डिजाइन गरेको छ । सो लहरमा कप होल्डर्स, यूएसबी पोर्ट, एसी भेन्ट्स उपलब्ध हुनेछ ।

सफारीको इन्टेरियर ह्वाइट र ग्रे टु टोन थिम रहेको छ तर यसको केही इक्विपमेन्ट लिस्ट ह्यारियरको जस्तो देखिन्छ । कारमा एपल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, नौ स्पिकर जेबीएल अडियो सिस्टम, इलेक्ट्रिक पार्किङ ब्रेक, ७ इन्च मल्टि इन्फो डिस्प्ले, लेयर्ड ड्यासबोर्डको साथमा फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।

टाटा सफारीमा सेफ्टी फिचरको लागि ईएसपी सिस्टम समावेश गरिएको छ । कारमा ६ एयरब्याग, डिस्क ब्रेक, आईएसओफिक्स चाइल्ड सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल डिसेन्ट कन्ट्रोल आदि समावेश गरिएको छ ।

टाटा मोटर्सले टाटा सफारीलाई सबैभन्दा पहिले सन् १९९८ मा भारतमा सार्वजनिक गरेको थियो । कम्पनीले समय समयमा सफारीको मोडलमा परिवर्तन गर्दै आइरहेको छ ।


Subscribe Now