tvs-race

काठमाडौं – नेपालका सर्बाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

एक कार्यक्रमका बचि अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दैै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरे ।

आफूलाई ब्रान्ड एम्बेसडर घोषणा गरेकोमा खुसी प्रकट गर्दै अलराउन्डर क्रिकेटर खड्काले महिन्द्रासँग आफ्नो लामो समय देखि नै सुमधुर सम्बन्ध रहेको बताउँदै आफ्नो सम्बन्धलाई पूर्ण व्यावसायिक र ब्यक्तिगत सन्तुलन कायम गर्ने बताए ।

आफ्नो पेशागत कारणले जहिले पनि एसयूभी गाडी आवश्यक भएको र यसको प्रयोग गरी थप लगेज एक स्थानबाट अर्को स्थानमा लैजान सहज हुने बताउँदै खड्काले सुरक्षित र सानदार फाइभ स्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एक्सयूभी ३०० प्राप्त गर्दा अत्यन्तै प्रफुल्लित भएको बताए ।

महिन्द्रा एक्सयूभी ३०० ले केही दिन पहिले मात्र ग्लोबल एनक्यापमबाट सेफर च्वाइस अवार्ड प्राप्त गरी यो अवार्ड पाउने पहिलो भारतीय गाडी बनेको थियो ।

सो समारोहमा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुका साथै अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा सचि दुर्गाप्रसाद आचार्य र उपनिर्देशक बरदान बस्नेत समेत सहभागी थिए ।