Apache Race Track Experience

काठमाडौं – नेपाल टेलिकमले आज देखि लागू गरेको स्प्रिङ अफर अन्तर्गत १२ रुपैयाँमा रातभर कल र ९ रुपैयाँमा दिनभर ९० मिनेट कल गर्न सकिने भएको छ ।

आजदेखि लागू भएको नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा १ रातभर कम्पनीकै नेटवर्क भित्र जति पनि (असीमित) कल गर्न सकिने छ । सो कल राती १० बजेदेखि विहान ६ बजेसम्म गर्न सकिन्छ ।

डे टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी ९० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीले बताएको छ ।