Apache Race Track Experience

काठमाडौं – आज शनिबार काठमाडौंको तीनकुनेस्थित थाहा ड्राइभिङ ट्रेनिङ सेन्टरमा डर्ट बाइक रेसिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल ट्यालेन्ट कप नाम दिइएको सो रेसिङको मूख्य प्रायोजक टीभीएस अपाचे सिरिज आरटीआर रहेको छ । १ सय ६० सीसी सम्म र २ सय सीसी गरी दुई क्याटागोरीका बाइकमा हुने सो प्रतियोगिताको आयोजक मोटर स्पोर्ट्स नेपाल हो ।

प्रतियोगीहरुले विभिन्न कम्पनीका बाइक सो अवसरमा कुदाउने छन् । प्रतियोगितामा करिब ७० प्रतियोगीका साथै विभिन्न कम्पनीका अफिसियल राइडरहरु समेत सहभागी हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।

सो प्रतियोगितालाई पेट्रोनस, क्यास्ट्रोल र एभरेष्ट लुब्रिकेन्ट्सले समेत प्रायोजन गरेका छन् । त्यसैगरी नेपाल अटो डटकमले मिडिया पार्टनरको रुपमा सहयोग गर्ने भएको छ ।