नेपाल ल्युब आयलले ४० प्रतिशत लाभांश वितरण गर्ने

नेपाल ल्युब आयल लिमिटेड (NLOL) ले आफ्ना शेयरधनीहरुलाई गतबर्षको मुनाफाबाट ४० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर तथा ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुष १२ गते बिहीबार २७ औं साधारण सभा आह्वान गरेको छ ।

साधारण सभाका प्रयोजनका लागि मंसिर २८ गतेदेखि पुष १२ गतेसम्म शेयरधनी किताब बन्द गर्ने भएको छ ।

कम्पनीले अघिल्लो बर्ष २५ प्रतिशत नगद तथा दश प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीको शेयर अन्तिम पटक प्रतिकित्ता २१३ रुपैयाँमा कारोबार भएको थियो। जसको नेप्सेमा नियमित कारोबार हुने गरेको छैन् ।

नेपाल ल्युब आयलले गल्फ ब्राण्डका लुब्रिकेन्टस् तथा केमिकलहरुको उत्पादन तथा बिक्री वितरण गर्छ ।

Subscribe Now