सुपर ड्राइभ नेपालद्वारा नेपालकै सबैभन्दा ठूलो ‘अटोमोटिभ लाइफस्टाइल –याली’ को आधिकारिक घोषणा

काठमाडौं– सुपर ड्राइभ नेपालले जेठ १७ देखि २३ गतेसम्म नेपालकै सबैभन्दा ठूलो राष्ट्रव्यापी ‘अटोमोटिभ लाइफस्टाइल -याली’ आयोजना गर्ने घोषणा गरेको छ ।

एक हप्तासम्म चल्ने यस भव्य कार्यक्रममा अन्तर्राष्ट्रिय सुपरकार, लक्जरी ब्रान्ड, प्रसिद्ध कन्टेन्ट क्रियटर्स, प्रिमियम हस्पिटालिटी पार्टनर्स र अटोमोटिभ प्रेमीहरूको विशेष सहभागिता रहनेछन् ।

मोटर स्पोर्ट केटीएमद्वारा आयोजित यस -यलीले भैरहवा, बुटवल, पोखरा, चितवन र काठमाडौं लगायत नेपालका प्रमुख सहरहरूको भ्रमण गर्ने बताइएको छ । यस कार्यक्रमले अटोमोटिभ संस्कृति, पर्यटन, मनोरञ्जन, नाइटलाइफ र आधुनिक जीवनशैली (लाइफस्टाइल) लाई एउटै प्रिमियम प्लेटफर्ममा प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

¥यालीका क्रममा पोर्श, अउडी, बिएमडब्ल्यू एम सिरिज र मर्सिडिज–एएमजी जस्ता विश्वप्रसिद्ध र प्रतिष्ठित उच्च कार्यक्षमतायुक्त गाडीहरूको आकर्षक ताँती गुड्नेछन् । यस यात्रामा सर्वसाधारणका लागि सवारी प्रदर्शन, क्रियटर्सहरूसँगको सहकार्य, विशेष मिडिया कभरेज तथा लक्जरी हस्पिटालिटीको अनुभव समेटिने बताइएको छ ।

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा अन्तर्राष्ट्रिय सुपरकारहरूको विशेष -याली, प्रशंसक तथा दर्शकहरूसँग प्रत्यक्ष भेटघाट, विशेष पुल पार्टी तथा बारबिक्यु नाइट, ब्रान्ड प्रवद्र्धन तथा लाइफस्टाइल एक्टिभेसन्स, व्यावसायिक फोटोग्राफी, भिडियोग्राफी तथा ड्रोन कभरेज र प्रसिद्ध इन्फ्लुएन्सर्स र मिडिया हाउसहरूसँगको सहकार्य रहेका छन् ।

-यलीको समापन जेठ २३ गते अपराह्न ४ बजेदेखि काठमाडौँको दरबारमार्गमा आयोजना हुने मुख्य कार्यक्रम ‘सुपर ड्राइभ नेपाल ग्रान्ड शोकेस’ मार्फत हुने आयोकजले जनाएको छ । उक्त समापन समारोहमा सर्वसाधारणले सबै सुपरकारहरूलाई नजिकबाट नियाल्न पाउनेछन् भने विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र ब्रान्ड एक्टिभेसन्सका साथ देशव्यापी यात्राको भव्य उत्सव मनाइनेछ ।

सुपर ड्राइभ नेपालले नेपाललाई प्रिमियम अटोमोटिभ पर्यटन र अन्तर्राष्ट्रिय स्तरका लाइफस्टाइल इभेन्टहरूको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । साथै, यसले देशभरका अटोमोटिभ प्रेमी, ब्रान्ड र दर्शकहरूका लागि एउठा अविस्मरणीय र रोमान्चक अनुभव प्रदान गर्ने विश्वास दिलाएको छ ।

एक्सट्रिम इनर्जी ड्रिंक्स मेन स्पोन्सर रहेको यस इभेन्टलाई अन्य विभिन्न कम्पनीहरुले स्पोन्सर तथा सपोर्ट गर्ने भएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...