नेचुरली एस्पिरेटेड इन्जिन खरिद गर्दा राम्रो वा टर्बाेचार्ज्ड, यी दुईमा कुन उत्कृष्ट

कारमा नेचुरली एस्पिरेटेड इन्जिन र टर्बाेचार्ज्ड इन्जिन गरी दुई प्रकारको इन्जिन हुने गर्छ । कार खरिद गर्नु भन्दा पहिला नेचुरली एस्पिरेटेड इन्जिन र टर्बाेचार्ज्ड इन्जिनको बारेमा जानकारी हुनु आवश्यक छ । जसले आफ्नो कारको इन्जिनको बारेमा राम्रो जानकारी लिन सकिन्छ ।

कसरी काम गर्छ नेचुरली एस्पिरेटेड इन्जिनले ?
सबैभन्दा पहिलो यो इन्जिनले कसरी काम गर्छ भन्ने बुझ्नु पर्छ । कुनै इन्जिनमा ३ सिलिन्डर हुन्छ भने कुनैमा ४ सिलिन्डर हुन्छ । सिलिन्डरमा मूख्य गरी पिस्टन, क्र्यांकसाफ्ट र कनेक्टिङ गरी तीन मेन कम्पोनेन्ट हुन्छ । गाडी चलाउनको लागि सिलिन्डरको मात्र आवश्यकता पर्दैन यसको लागि फ्युल डेलिभरी सिस्टम आवश्यक पर्छ । यसको पनि ४ मेन कम्पोनेन्ट हुन्छ । इन्टेक, भल्व, फ्युल इन्जेक्टर्स र स्पार्क प्लग ।

अहिले लगभग सबै इन्जिन फोर स्ट्रोक सिद्धान्तमा सञ्चालित हुन्छ । जसले गाडी गुड्छ । फोर स्ट्रोकको अर्थ सिलिन्डर भित्रको पिस्टन चार पटक तल माथि हुन्छ ।

पहिलो स्ट्रोकमा प्राकृतिक ग्याँस सिलिन्डर भित्र आउँछ र यस समयमा इन्धन इन्जेक्टरले इन्धन हाल्छ । दोस्रो स्ट्रोकमा पिस्टन, हावा र इन्धनको मिश्रणहरू संकुचित गर्छ र एकै समयमा स्पार्क प्लगले काम गर्दछ । इन्धन मिक्सर विस्तार हुन्छ र पिस्टन तल सर्दछ र यो स्ट्रोकलाई दहन स्ट्रोक भनिन्छ । चौथो स्ट्रोकमा ग्याँस निकास भल्वबाट बाहिर निस्किन्छ र वातावरणमा मिश्रण हुन्छ । यसरी नै एउटा नेचुरली एस्पिरेटेड इन्जिनले काम गर्छ ।

यसलाई नेचुरली एस्पिरेटेड भन्नुको कारण पहिला स्ट्रोकको समयमा सिलिन्डर भित्र जुन हावा आउछ त्यो प्राकृतिक तवरले आएको हुन्छ । जसको लागि कुनै प्रकारको बलको आवश्यकता पर्दैन ।

कसरी काम गर्छ टर्बाेचार्ज्ड इन्जिनले ?
नेचुरली एस्पिरेटेडमा ग्याँस एक्जस्ट भल्वबाट बाहिर निस्किन्छ र अर्को पक्ष यो हो कि नेचुरली एस्पिरेटेड इन्जिनमा जुन उर्जा उत्पन्न हुन्छ त्यो उर्जा खेर गएको हुन्छ ।

तर टर्बाेचार्ज्ड इन्जिनमा सो उर्जालाई फेरि टर्बो चार्जरको साथमा प्रयोग गर्न सकिन्छ, जसले हावालाई सिलिन्डरमा भर्नुका साथै बढी शक्ति पनि उत्पादन गर्न सकिन्छ । यसले गर्दा ऊर्जा खेर जानबाट बचाउँन सकिन्छ ।

टर्बाेचार्ज्ड इन्जिनमा दुईवटा ब्लेड टर्बाइन (जसको कारण यसलाई टर्बो नाम दिइएको हो) र कम्प्रेसन ब्लेड हुन्छ । यी दुबै ब्लेड शाफ्टको मद्दतले जोडिएको हुन्छ ।

इन्जिनबाट बाहिर निस्केको हावाले टर्बाइनलाई घुमाएको हुन्छ । दुबै ब्लेडहरू आपसमा जोडिएको हुनाले यसले कम्प्रेसन ब्लेडलाई पनि घुमाउँछ । यसले हावा कम्प्रेस भएर सिलिन्डरमा फर्कन्छ । यसमा बढी मात्रामा दक्षतापूर्वक फ्युलको प्रयोग गर्न सकिन्छ र पावर पनि कम आवश्यकता पर्छ । यसमा एक्जस्ट ग्याँसलाई पुनः प्रयोग गरिन्छ । यसरी टर्बाेचार्ज्ड इन्जिनले काम गर्छ ।

यी दुईमा के फरक छ ?
टर्बाेचार्ज्ड इन्जिमा पहिला स्ट्रोकको समयमा हावा सिलिन्डरमा बलपुर्वक पठाइएको हुन्छ । यसमा मुख्य फाइदा भनेको सानो इन्जिनमा पनि बढी पावर उत्पन्न गरिन्छ । उदाहरणको लागि फोर्डको इकोबुस्ट इन्जिनले सानो र थ्री सिलिन्डर हुँदा पनि १२३ बीएचपीको पावर उत्पन्न गर्छ । जबकि होन्डा सिटीको १.५ लिटर नेचुरली एस्पिरेटेड इन्जिनले ११७ बीएचपीको मात्र पावर जेनेरेट गर्छ ।

टर्बाेचार्ज्ड इन्जिनको माध्यमले सानो इन्जिनमा पनि बढी पावर आउटपुट जेनेरेट गर्न सकिन्छ र सानो इन्जिन भएको कारणले इन्धन खपत कम गर्न सकिन्छ ।

यी दुईमा कुन उत्कृष्ट छ ?
यी दुई इन्जिनमा नेचुरली एस्पिरेटेड इन्जिन बढी विश्वसनीय रहेको छ । किनकी यसमा जुन हावा आउँछ त्यो प्राकृतिक तरिकाले आएको हुन्छ । कुनै प्रकारको डिभाइस यसमा जोडिएको हुँदैन । तुलनात्मक रुपमा सो इन्जिनमा कुनै नोक्सानी हुँदैन ।

टर्बाेचार्ज्ड इन्जिनमा बलपुर्वक हावा पठाइएको हुन्छ । यसले इन्जिनको वेयर एन्ड टियर बढ्छ । यसको कारणले इन्जिनको मेन्टेनेन्स मूल्य बढी हुन्छ । साथै इन्जिनको लाइफ पनि कम हुन्छ । टर्बाेचार्ज्ड इन्जिनले पावर बढी दिए पनि कुनै पनि बेला इन्जिनको लाइफ कम हुन सक्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...