अवैध आयात भएको गाडी नियन्त्रणका लागि सरकारी निकायसँग नाडाको लबिइङ

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं - वाणिज्य विभागमा दर्ता गरिएको एजेन्सीकै भरमा सवारी आयात गर्न दिन नहुने माग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको छ।

सोमबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याललाई भेटेर नाडाको टोलीले यस्तो माग गरेको हो।

पछिल्लो समयमा केही कम्पनीले वाणिज्य विभागमा दर्ता भएर महँगा गाडी ल्याउन थालेपछि नाडाले सचिव बैकुण्ठ अर्याललाई भेटेर आर्थिक ऐनमा भएको व्यवस्था अनुसार एजेन्सी दर्ताको प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

विभागमा कम्पनी दर्ता गरेका भरमा विभिन्न ब्राण्डका गाडी भित्रिन थालेपछि नाडाले आइतबार कार्यसमितिको आकस्मिक बैठक डाकेको थियो। उक्त बैठकबाट अवैध आयात भएको गाडी नियन्त्रणका लागि सरकारी निकायसँग लबिइङ गर्ने निर्णय गरेको थियो। त्यही आधारमा नाडा टाेलीले वाणिज्य सचिव अर्याललाई भेटेको हो।

सोही छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव अर्यालले यसबारे केही दिनभित्रै नेपाल राष्ट्र् बैंक, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयसँग छलफल गरी व्यवसायीको सहजीकरणका लागि निर्णय गरिने बताए।

छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनील रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति थियो।


Subscribe Now