मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षाका सम्बन्धमा यस्तो छ नाडाको धारणा

काठमाडौं - नेपाल राष्ट्र बैकले हिजो सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षाका सम्बन्धमा अटोमोबाइल व्यवसायीहरुको संस्था नाडाले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त त्रैमासिक समिक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिनेछ समेत भनिएको छ । त्यसैगरी उक्त त्रैमासिक समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ भनिएको छ । त्यसैगरी सो समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असलवर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ । यी व्यवस्था ज्यादै सकारात्मक भएको नाडाको भनाइ छ ।

तथापि नाडाले नेपालको अटोमोबाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण निम्न नीतिगत सुझावहरु पनि दिएको र ती सुझावहरु पनि दिएको र ती सुझावहरुका विषयमा समिक्षामा कुनै सम्बोधन नगरिएको गुनासो गरेको छ ।

नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सिमा तोकिएको छ, जसले गर्दा अटोमोबाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले लोन टु भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पु¥याउनु पर्ने माग गरेको थियो । नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोही अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने समेत नाडाको धारणा थियो ।

घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने नाडाको माग छ ।. सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनु पर्ने समेत सुझाव नाडाले दिएको बताएको छ ।

नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकले ल्याएका यी आंशिक सुधारहरु निश्चय नै सकारात्मक छन् र नाडाले दिएको उक्त सुझावहरु पनि आउदा दिनहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुदै जाने छ भन्ने विषयमा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरु विश्वस्त रहेका छन् ।’

सम्बन्धित समाचारहरू

विद्युतिय सवारीसाधनका लागि छुट्टै बिमा निति बन्ने, नाडा र बिमा प्राधिकरणविच छलफल

विद्युतिय सवारीसाधनका लागि छुट्टै बिमा निति बन्ने, नाडा र बिमा प्राधिकरणविच छलफल

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु...

सीमा क्षेत्रमा हुने स्पेयर पार्ट्सको अबैध कारोबार रोक्न गृहमन्त्रि श्रेष्ठलाई  नाडाको आग्रह

सीमा क्षेत्रमा हुने स्पेयर पार्ट्सको अबैध कारोबार रोक्न गृहमन्त्रि श्रेष्ठलाई नाडाको आग्रह

काठमाडौं– नाडा प्रतिनिधी मण्डलले गृहमन्त्रि नारायणकाजी श्रेष्ठसंग छलफल...

नाडा कार्यसमितिको पहिलो बैठक आज, पदाधिकारी चयन हुने

नाडा कार्यसमितिको पहिलो बैठक आज, पदाधिकारी चयन हुने

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा हालै निर्वाचित नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...