Apache Race Track Experience

काठमाडौं – आगामी भाद्र १० गतेबाट प्रारम्भ हुने सवारी साधनको प्रदर्शनी ‘नाडा अटो शो २०१९’ मा २२ चारपांग्रे र १९ दुई पांग्रे सवारी साधनका स्टल रहने भएको छ ।

त्यसैगरी बीवाईडी तथा दाहे गरी दुई कम्पनीका इलेक्ट्रिक गाडीहरु पनि प्रदर्शनीमा रहने छन् । नाडा अटो शोको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल बुकिङका लागि गरेको आह्वान अनुसार यी कम्पनीले सहभागिता जनाउने निश्चित भएको हो ।

नाडाले त्यसै अनुसार स्टल समेत बाँडफाड गरिसकेको छ । चारपांग्रेमा इसुजु, रेनो, हुन्डाई, फक्सवागन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, प्युजो, फोटोन, फियाट, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुबिसी र निसान सहभागी हुने छन् ।

त्यसैगरी दुई पांग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, निउ, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्सको सहभागिता रहने छ ।

अघिल्लो वर्ष सहभागि हुन नपाएका बिभिन्न १२ वटा बैंक तथा वित्तीय संस्थाका साथै ५७ वटा पार्ट्स तथा लुब्रिकेन्टका स्टलहरु पनि रहने छन् ।

यस वर्षको नाडा अटो शोमा भृकुटीमन्डपको बगैचामा समेत स्टलहरु राखिएकोले अघिल्लो वर्ष स्टल नपाएका बैक तथा वित्तीय संस्थाहरुको समेत स्टलहरु रहने भएको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल वितरणको काम पुरा गरिसकेको जनाएको छ ।