tvs-race

काठमाडौं – नाडा अटो शोमा एमभी अगस्टाले प्रदर्शनका लागि राखेको एक्सक्लुसिभ बाइक ब्रुटाले ८०० आरआर एलएच४४ बिक्री भएको छ ।

अति नै महंगो भएको र यसबाट चर्चामा आउन नचाहने क्रेता हुनाले कम्पनीले सो बाइक किन्ने ग्राहकको नाम भने सार्वजनिक गरेको छैन ।

लिमिटेड सिरिजको सो बाइक विश्वभर १ सय ४४ युनिट मात्र उपलब्ध छ र दक्षिण एसियाकै पहिलो र एक मात्र बाइक नेपालमा उपलब्ध भएको हो । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ भएको यसको आधिकारिक वितरक भेलोसिटी नेपाल प्रालिले जनाएको छ ।

फर्मुला वान च्याम्पियन लुइस ह्यामिल्टनको सहकार्यमा उत्पादन गरिएको सो बाइकमा ह्यामिल्टनको नम्बर ‘४४’ समेत प्रयोग गरिएको छ, जुन नम्बर ह्यामिल्टनले फर्मुला वान ट्रयाकमा प्रयोग गर्छन् ।

विश्वका सबैभन्दा शक्तिशाली नेकेड स्पोर्ट्स बाइक मध्ये एमभी अगस्टाको यो बाइक एक हो र यसले १४० हर्सपावर र ८७ एनएम टर्क जेनेरेट गर्छ ।

लुइस ह्यामिल्टन आफैले कस्टम डिजाइन गरेको यो बाइकमा कार्वन फाइबर कम्पोनेन्ट र मेसिन्ड बिलेट कन्ट्रोलको प्रयोग गरिएको छ । यसमा लिक्विड र आयल रेडिएटर कुलिङ प्रयोग गरिएको छ ।