tvs-race

काठमाडौं - झापामा ट्राफिक नियमको प्रचार प्रसार गर्न सांगीतिक स्टेज कार्यक्रमको आयोजना गरीएको थियो । दिनहुँ हुने सवारीसाधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्याण्डलाई बोलाएर सांगीतिक कार्यक्रम आयोजना गरीएको हो ।

नेपथ्य ब्याण्डले सांगीतिक प्रस्तूतिमा स्टेजवाटै ट्राफिक नियम सिकाएको थियो । सो सांगीतिक स्टेज कार्यक्रममा गायक अमृत गुरुङले दुई घण्टासम्म गित गाउँदै बिचमा भन्दै थिए, ’जीवन अमुल्य छ, ट्राफिक नियमको पालना गरौं र दुर्घटनाबाट बचौँ ।’ सांगीतिक प्रस्तूतिमा गायक गुरुङले कहिले ट्राफिक नियमको पालना गराउन आग्रह गर्थे त कहिले नियम कानुन बनाउने जनप्रतिनिधिलाई जनताको हितमा काम गर्न आग्रह गर्थे ।

सडक दुर्घटना न्यूनिकरणका लागि सांगीतिक माहोलमार्फत सचेतना जगाउन सहारा नेपाल चारपाने बिर्तामोडको संयोजनमा सो कार्यक्रमको आयोजना गरीएको थियो । सो सांगीतिक कार्यक्रमपछि प्रदेश नम्बर १ मा दुर्घटना न्यूनिकरण महाअभियान को सुरुवात भएको वताइएको छ ।

दुर्घटना न्यूनिकरण महाअभियानका संयोजक महेन्द्र गिरीले दिनहुँजस्तो हुने सवारीसाधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्याण्डलाई निम्तो गरिएको वताएका थिए । सबै युवायुवतीलाई गीतको बीच-बीचमा चेतनामुलक सन्देश दिइएको थियो ।

Motorhead

सडक दुर्घटना न्यूनिकरण महाअभियान प्रदेश नम्बर १ को मुख्य सहरमा सञ्चालन हुने छ । कार्यक्रमबाट संकलित रकम सडक दुर्घटना न्यूनिकरण महाअभियानमा खर्च गरिने छ । महाअभियानको दोस्रो चरणमा चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर र ३ वटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गरीने महाअभियानका संयोजक गिरीले जानकारी दिएका छन् ।

सो अभियानकाको तेस्रो चरणमा आगामी बैशाख महिनादेखि ट्राफिक नियमको बृहत रुपमा सचेतना कार्यक्रम आयोजना गर्ने बताइएको छ । नियम बिपरित राखिएका होडिङ बोर्ड हटाउने, वाताबरणमैत्री पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चारमाध्यमबाट सचेतनामुलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने तथा कार्यक्रमको समीक्षा गरेर त्यसपछिका ढाँचामा फेरबदल गर्ने योजना रहेको छ ।

कार्यक्रमको चौथो चरणमा बिर्तामोडसहित प्रदेशका मुख्य सहरहरु दमक, बिराटनगर, इटहरी, धरानलगायतमा ट्राफिक लाइट जडान गरिने छ ।