प्रिमियम ब्रान्डमध्ये नेपाली बजारमा मोटुल नम्बर वान लुब्रिकेन्ट : पौडेल

ISUZU

thee-go
tvs-race
yamaha-nepal

नेपाली बजारमा उपलब्ध प्रिमियम ब्रान्डका लुब्रिकेन्ट मध्ये मोटुल लुब्रिकेन्ट नम्बर वान भएको दावी गरिएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक भीजी अटोमोबाइल्सका बिजनेस हेड पुरुषोत्तम पौडेल यो दावी गर्छन् ।

नेपाली बजारमा मोटुलका सबै रेन्जका लुब्रिकेन्ट उपलब्ध छन् । ती मध्ये पनि १५० सीसी भन्दा माथिल्लो रेन्जका बाइकमा प्रयोग गरिने लुब्रिकेन्ट मध्ये मोटुल नै सबैभन्दा बढी रुचाइएको र बिक्री भएको लुब्रिकेन्ट भएको पौडेलले बताए । नेपाली बजारमा उपलब्ध केटीएम ड्युक, जावा र रोयल इन्फिल्ड जस्ता ब्रान्डका प्रिमियम बाइकमा मोटुल लुब्रिकेन्ट नै प्रयोग हुँदै आएको उनले बताए ।

नेपाली बजारमा १०डब्ल्यु४० र २०डब्ल्यु५० फोर स्ट्रोक इन्जिन आयल उपलब्ध छ । सो लुब्रिकेन्ट १ लिटर देखि २० लिटर सम्मको प्याक र ड्रममा समेत उपलब्ध छ । त्यसको अलावा हेभी इक्विपमेन्ट र औद्योगिक प्रयोजनका लागि पनि मोटुल फुल रेन्जमा आउँदै छ ।

नेपाली बजारमा मोटुल लुब्रिकेन्ट भित्रिएको धेरै भएको छैन । यो ब्रान्ड नेपाली बजारमा भित्रिएको चार वर्ष मात्र पुगेको छ । तर छोटो समयमै मोटुल लुब्रिकेन्टले नेपाली बजारमा आफ्नो पकड जमाउदै गएको छ ।

नेपालमा यो विशाल ग्रुप अन्तर्गतको भीजी अटोमोबाइल्सले मोटुल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । हाल नेपाल भर ५ सय भन्दा बढी आउटलेट मार्फत यसको कारोबार भइरहेको छ ।

नेपाली बजारमा मिनरल, सेमी सिन्थेटिक र सिन्थेटिक गरी सबै लुब्रिकेन्ट्स उपलब्ध छन् । दुईपांग्रे सवारीको लागि आवश्यक सबै लुब्रिकेन्ट नेपाली बजारमा रहेको छ । यो ब्रान्डमा नर्मल लुब्रिकेन्ट देखि सिन्थेटिक सम्म सबै खालको लुब्रिकेन्ट नेपाली बजारमा उपलब्ध छ । पेट्रोलको कार सेगमेन्टमा बीएमडब्लु, फक्सवागन, रेनो लगायतका गाडीको लागि मोटुल प्रयोग हुँदै आएको छ । पेट्रोल सेगमेन्टका सबै साधनको लागि मोटुल लुब्रिकेन्ट नेपाली बजारमा रहेको छ ।

गुणस्तरका आधारमा खरिद गर्दा यो लुब्रिकेन्ट सुरुमा अन्य लुब्रिकेन्टभन्दा अलिकति महंगो पर्न गए पनि लामो समय प्रयोगको हिसाबले मोटुल अझ सस्तो पर्छ । मोटुल सेन्थेटिक लुब्रिकेन्ट्सको जन्मदाता पनि हो । सुलभ मूल्यमा गुणस्तरीय लुब्रिकेन्ट्स प्रदान गर्नु नै मोटुलको मुख्य विशेषता रहेको पौडेल बताउँछन् ।

मोटुल विश्वमै सबैभन्दा बढी रेन्जका लुब्रिकेन्ट उत्पादन गर्ने इतिहास बोकेको फ्रेन्च कम्पनीको उत्पादन हो । १८५३ मा स्थापना भएको यो ब्राण्ड अहिले विश्वकै चर्चित कम्पनी हो । विश्वका ९० भन्दा बढी देशमा बिक्री हुने यो ब्राण्डले युरोपमा मात्रै २० प्रतिशत बजार ओगटेको छ ।


Subscribe Now