Apache Race Track Experience
बर्ष २०७४ को अन्त्यमा काठमाडौंदेखि पोखरासम्म रोयल इन्फिल्ड बाइकको रमाइलो खेल पोकर रन सम्पन्न भएको छ । रोयल इन्फिल्ड बाइकमा सवार नेपाली तथा विदेशी राइडरहरु विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ पोखरा पुगेका थिए । यो वर्ष यस्ता मोटर स्पोर्ट्स सम्बद्ध विविध गतिविधि सम्पन्न भए । नासा बुलेट क्लबले तिलिचो तालसम्म बुलेट राइड गरेको छ । कात्तिक २४ गते सो राइड काठमाडौंबाट यात्रा प्रारम्भ गरी ५ रात र ६ दिनमा सो राइड कार्यक्रम सम्पन्न भएको थियो ।

काठमाडौंदेखि मुस्ताङको लोमान्थाङसम्म साहसिक मोटर यात्रा पनि यही वर्ष सम्पन्न भएको छ । यात्रा कात्तिक २० मा काठमाडौंबाट प्रारम्भ भएको यात्रा कात्तिक २६ गते पोखरामा समापन भएको थियो । ७५ जना सहभागी भएको उक्त यात्रामा ३० वटा स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) को प्रयोग गरिएको छ । यसमा महिन्द्रा थार गाडी समेत प्रयोग भएका थिए ।

त्यसैगरी गत माघ ५ र ६ गते ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ प्रतियोगिता भएको थियो । मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एसोसिएसनको आयोजनामा सम्पन्न सो प्रतियोगितामा १५० देखि २५० सिसी सम्मका डर्ट बाइक कुदाइएका थिए ।

अटोमोबाइल स्पोर्ट्समा रुची राख्ने नेपाली र भारतीय क्लबहरुको आयोजनामा फेब्रुअरी महिनामा ‘हिमालयन ड्राइभ सिक्स ट्राइ नेसन कार ¥याली’ भएको थियो । भारतको सिलिगुडीबाट प्रारम्भ भएको सो कार ¥यालीमा सहभागिताका लागि नेपालबाट समेत ५ वटा कारले भाग लिएका थिए । ¥यालीले सबै गरी १६ सय ५० किलोमिटरको दुरी पार गरेको थियो ।

फागनुमा सम्पन्न केटीएम रोरिङ गियर्स अर्थात फस्र्ट अरेन्ज स्टन्ट च्याम्पियनसिपमा २०१८ मा स्लोभेनियाका चर्चित स्टन्ट राइडर रोक बगारोजले समेत आफ्नो आकर्षक स्टन्ट देखाएका थिए ।

अमित श्रेष्ठ पल्सर डेयर भेन्चर सिजन थ्रीको बेस्ट राइडर बनेका छन् । त्यसैगरी पविन कार्की फस्र्ट रनर अप बने । नेपालमा बजाज बाइकको आधिकारिक विक्रेता हंसराज हुलासचंद एन्ड कम्पनीले सामसुङसँगको सहकार्यमा आयोजना गरेको पल्सर डेयरभेन्चरको तेस्रो संस्करणमा अन्तिम १० प्रतिस्पर्धिलाई पछि पार्दै अमित र पविन बेस्ट राइडर र फस्र्ट रनर अप बनेका हुन् । बर्ष २०७४ मा पहिलो पटक नेपालमा अटो जिमखानाको समेत आयोजना भयो । नेपाल अटोमोवाइल एसोसियसन(नासा) ले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

यो वर्ष नै रेसमान्डु लगायतका विभिन्न प्रतियोगिता समेत सम्पन्न भएका थिए ।