पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै छपाइ हुने
काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र...
कतिपय मानिसलाई गाडी सम्झने बित्तिकै रिगंटा लाग्ने हुन्छ । अझै धेरैजसो लाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ । त्यसैले यो आममानिसको साझा समस्या हो । आखिर के कारणले गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यसबाट बच्न के गर्नुपर्छ ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरवहादुर पुन भन्छन्, ‘एउटै गतिमा यात्रा गर्दा शरीरमा विभिन्न अंगमा हुने असन्तुलनले कतिपय मानिसलाई गाडीमा यात्रा गर्दा वान्ता हुन्छ यसलाई हामी मोसन सिकनेस भन्छौं,’ उनले भने, ‘गाडीमा यात्रा गर्दा मानिसहरु एउटै ठाउँमा बसेर विभिन्न दृश्यहरु एउटा गतिमा देख्छन् जसले गर्दा आँखा कान र मस्तिष्कलाई असन्तुलित बनाइदिन्छ अनि वाकवाक लाग्ने, बान्ता हुने हुन्छ ।’
धेरैजसो बालबालिका माइग्रेनका बिरामी, महिनावारी भएकी महिला, गर्भवती महिलामा यसको संवेदनशिलता बढी देखिन्छ । विशेषगरी गाडीमा यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगले काम गर्न सक्दैनन् । त्यसैले कोही कोही मानिसलाई वान्ता हुने चिकित्सकहरु बताउँछन् ।
गाडीको एउटा गतिमा यात्रा गर्दा वान्ता हुनु, वाकवाकी लाग्नु सामान्य हो । त्यसैले यस्तो समस्यालाई जटिल रुपमा नलिन चिकित्सकहरु सुझाव दिन्छन् । त्यसैले गाडीमा यात्रा गर्दा वान्ता हुन्छ भने यात्रा गनर््ुभन्दा आधा घन्टा अघि वान्ता नहुने औषधि लिनुपर्ने डा. पुन बताउँछन् । ‘धेरैजसो मान्छेलाई गाडी चढ्ने भन्ने बित्तिकै रिगंटा लाग्न सुरु हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले यस्तो समस्या भएका मानिसले औषधि सेवन गर्दा राम्रो हुन्छ ।’
यस्तै आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइराला खानपानको कारणले गाडीमा यात्रा गर्दा वाकवाकी अथवा वान्ता हुने बताउँछन् । त्यसैले गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा नखाने र गाडीमा यात्रा गर्दा सुकमेल, अदुवा मुखमा राख्दा फाइदा पुग्ने उनी बताउँछन् । ‘गाडी चढ्दा बान्ता हुनु वाकवाकी लाग्नु सामान्य समस्या हो,’ उनले भने, ‘यसबाट बच्नका लागि मैदाजन्य खानेकुरा नखाने र यात्रामा निस्कँदा सुकमेल अथवा अदुवा थोरै मुखमा राख्दा यसले वान्ता हुन दिँदैन ।’
कसरी बच्ने ?
डा. शेरवहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...