एकै दिन टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री, अर्को रेकर्ड कायम

काठमाडौं – नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकै दिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ । देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।

यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो । हिजोको बिक्रीले नेपाली बजारमा टीभीएसले एक इतिहास कायम गरेको छ । दसैंको अवसरमा नयाँ बाइक र स्कुटर किन्ने चलन भएकाले दसैं नजिकिदै गर्दा यी सवारी साधन खरिद गरेका हुन् ।

हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन् । यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ । उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टीभीएसले नेपाली बजारमा सफलता प्राप्त गरेको कोइरालाले बताए ।

जगदम्बा मोटर्सले पछिल्लो समयमा स्मार्ट कनेक्ट र एबीएस सहितका अपाचे आरटीआर २०० र आरटीआर १६० समेत नेपाली बजारमा उपलब्ध गराएको छ । टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भनेर केही दिन पहिले जगदम्बा मोटर्सले घोषणा समेत गरेको थियो ।

नेपाली बजारमा हाल यसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छ । त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ । तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्बाधिक चर्चित उत्पादन हुन् । जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन् ।

नेपालमा जगदम्बा मोटर्सले टीभीएसका सवारी साधन बिक्री–वितरण गर्न थालेको ५ वर्ष मात्र भएको छ । छोटो समयमै टीभीएसको पहिचान नेपाली बजारमा एक उत्कृष्ट ब्रान्डका रुपमा स्थापित भएको छ । नेपाली बजारमा बिगत लामो समयदेखि कारोबार हुँदै आइरहे पनि गुमनाम प्रायः रहँदै आएको यो ब्रान्ड जगदम्बा मोटर्स मातहत आएपछि यसले पुनर्जन्म नै पाएको हो भन्दा फरक पर्दैन । हाल यो नेपाली बजारमा सर्बाधिक बिक्री हुने उत्कृष्ट ५ ब्रान्डका टु ह्विलरमा समावेश हुन सफल भएको छ ।

टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण चर्चित मानिन्छन् । सबै बर्गका राइडर लक्षित मोडल उपलव्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो । नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएका छन् । आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो ।

जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दसैंको आशा’ नामक स्किम ल्याएको छ । यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले टीभीएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने छन् । यो टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...