चितवनका लागि प्रस्थान ग-यो ‘ मित्सुबिसी मोटर्स द अमेजिङ मोटर -याली’

काठमाडौं – ‘मित्सुबिसी मोटर्स द अमेजिङ मोटर -याली २०१९’ आज चितवनका लागि प्रस्थान गरेको छ ।

नेपालमा मित्सुबिसी मोटर्सको आधिकारिक बिक्रेता लियोन मोटर्स र मेराकी इभेन्टको मूख्य आयोजनामा हुन थालेको -याली काठमाडौंबाट प्रस्थान गरेको हो ।

लियोन मोटर्सका म्यानेजिङ डाइरेक्टर आशीष श्रेष्ठ र मेराकी इभेन्टका सीईओ कृपा मास्केले संयुक्त रुपमा फल्याग अफ गरी -यालीको शुभारम्भ गरे । -यालीमा २५ गाडी सहभागी छन् ।

सन् २००७ वा सो भन्दा पछिल्लो मोडलका गाडीहरु सहभागी हुने सो -याली चितवनको कसरा रिसोर्टमा पुगेर समापन हुनेछ ।

टीएसडी अर्थात टाइम, स्पिड र डिस्ट्यान्सका आधारमा हुने सो -याली एक प्रकारको प्रतियोगिता हुनेछ । गाडीहरुमा टेलिम्याटिक्स कम्पनीको जीपीएस ट्रयाकिङ सिष्टम राखिने छ । बाटोमा भएका विभिन्न चेक प्वाइन्टहरुमा पुग्ने समय र गतिका आधारमा सहभागीहरुलाई विभिन्न नम्बर प्रदान गरिने छ ।

जुन टिमले उच्चतम विन्दुहरु सुरक्षित गर्छन्, सो टिमलाई विजेताको रुपमा घोषणा गरिने छ । विजेताले वर्ष २०१९ को लागि च्याम्पियन उपाधि प्राप्त गर्ने छन् ।

विजेताले हङकङका लागि दुई वटा टिकट, होलिडे प्याकेज र विभिन्न गिफ्ट भौचर प्राप्त गर्ने छन् ।

मोटरिङ सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफआईए (FIA) र नेपालको संस्था नेपाल मोटर स्पोर्ट्स क्लब (NMSC) को सहयोगमा आयोजना गरिएको सो -याली पश्चात जिमखाना समेत आयोजना गरिने छ ।

 

Subscribe Now