गण्डकी अटो मेकानिकलको वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न : मिश्रलाई अध्यक्षको जिम्मेवारी

ISUZU

tvs-race
yamaha-nepal
thee-go

पोखरा – गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २१औं वार्षिकोत्सव तथा १३औं अधिवेशन सम्पन्न भएको छ । पोखरामा सम्पन्न उक्त अधिवेशनले सन्तोष कुमार मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष सानुमान जलारीसहित पुरुषोत्तम सुवेदी बरिष्ठ उपाध्यक्ष, कृष्णबहादुर खाँड उपाध्यक्ष, योगेन्द्र राजभण्डारी महासचिव, विष्णुप्रसाद अधिकारी सचिव, अर्जुनप्रसाद उप्रेती कोषाध्यक्ष र सोमबहादुर गुरुङ सह–कोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा हिमाल तिमिल्सिना, भीमलाल पौडेल, सन्तोषकुमार अर्याल, गिर्जोधन बैठा, निहाल अन्सारी र नरेशकुमार कुर्मी चयन भएका छन् ।

Motorhead

गण्डकी अञ्चल र विशेष गरी पोखरामा कार्यरत चार पांग्रे सवारी साधन मर्मत गर्ने ३ सय २५ वर्कसप सञ्चालकहरु एसोसिएसनमा आवद्ध छन् ।

पोखरा र आसपासको क्षेत्रका अटो मेकानिक्सहरुको संगठनको रुपमा गण्डकी अटो मेकानिकल  वर्क्स एसोसिएसन परिचित छ ।


Subscribe Now