tvs-race

शानदार लक्जरी कारको रुपमा परिचित मिनी कुपरको स्पेसल अक्सफोर्ड एडिसन कम्पनीले लन्च गरेको छ । यद्यपि सो कार खरिद गर्ने मौका २५ जनाले मात्र पाउने छन् ।

मिनी कुपरको सो लक्जरी कार भारतमा २५ युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ । सो स्पेसल एडिसन ह्याचब्याकको मूल्य ४४ लाख ९० हजार भारु तोकिएको छ ।

अक्सफोर्ड एडिसनको सो कार मध्ये १५ वटा सोलारिस अरेन्ज र १० वटा मिडनाइट ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

मेकानिकल रुपमा मिनी कुपरमा भएका सबै फिचर यसमा उपलब्ध हुने छन् । यसमा २.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन उपलब्ध । यसले १९२ पीएस पावर दिन्छ । यसमा ७–स्पिड ट्रान्समिसन उपलब्ध छ ।

यसमा विभिन्न एलईडी डोर प्रोजेक्टर र एलईडी रियर लाइट्स उपलब्ध छ । त्यसैगरी एरोडाइनामिक बडी किट्स, १७ इन्चको ब्लयाक एलोई ह्विल्स, प्यानोरामिक सनरुफ र पियानो ब्ल्याक एक्सेन्ट्स उपलब्ध छ ।

इन्टेरियरमा पनि विभिन्न परिवर्तन गरिएको छ । यसमा पियानो ब्ल्याक ड्यासबोर्ड दिइएको छ । सोलारिस अरेन्जको क्याबिनमा कार्बन ब्ल्याक अपहोल्स्ट्री र मिडनाइट ब्लयाकमा चेस्टर माउन्ट ब्राउन अपहोल्स्ट्री छ ।

यसमा हेड अप डिस्प्ले, हर्मनको कार्डन अडियो सिष्टम, ८.८ इन्चको सेन्ट्रल टचस्क्रिन डिस्प्ले आदि उपलब्ध छ ।