tvs-race

एमजी मोटर युकेले कोरोना भाइरससँग लड्ने विभिन्न कार्यमा सहयोग पु¥याउनका लागि एक सय विद्युतीय गाडी एमजी जेडएस ईभी दिने घोषणा गरेको छ ।

बेलायत भर रहेका एमजीका डिलरमार्फत यी कार आगामी ६ महिना सम्म उपलब्ध गराइने छ । कोभिड–१९ का लागि आवश्यक विभिन्न कार्य गर्नका लागि निःशुल्क यी गाडी उपयोगमा ल्याउने कार्य बेलायतका नेसनल हेल्थ सर्भिस एजेन्सीले गर्ने छन् ।

एमजी मोटर युकेका सेल्स एन्ड मार्केटिङ हेड डेनियल ग्रेगरियसले ब्रिटिश ब्रान्ड भएको गर्वका साथ आफूहरुले यो कार्य गरेको बताएका छन् । यसबाट जनताहरुलाई स्वस्थ राख्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने उनले अपेक्षा गरेका छन् ।

एमजी बेलायती ब्रान्ड हो ।