भारतमा लन्च भयो कनेक्टेड एसयूभी एमजी हेक्टर, यस्ता छन् विशेषता

एमजी मोटरले भारतीय बजारका लागि पहिलो पटक एमजी हेक्टर एसयूभी लन्च गरेको छ । यसको मूल्य १६ देखि २० लाख भारु हुने र जुन महिनादेखि यसको बुकिङ प्रारम्भ हुने बताइएको छ ।

एमजी हेक्टरलाई कनेक्टेड कार भनिएको छ । यसमा एक सय भन्दा धेरै कनेक्टिभिटी फिचर उपलब्ध छन् । यो भारतको पहिलो कार हुनेछ, जुन इन्टरनेटसँग जोडिने छ । यसमा एयरटेलको फाइभजी सिम प्रयोग गर्न सकिने छ र लो कनेक्टिभिटी एरियामा समेत यसलाई प्रयोग गर्न सकिने बताइएको छ ।

यसमा भएको नेक्स्ट जेनेरेसन अटोमोटिभ असिष्टेन्ट हुनेछ, जसले आवाजलाई पहिचान गर्न सक्ने छ । त्यसैगरी यसमा भएको आई स्मार्ट इन्टरफेसले सफ्टवेयर, हार्डवेयर र कनेक्टिभिटी अप्सनका साथ आउने छ ।

आई स्मार्टको सहयोगले भ्वाइस असिष्टेन्ट सिष्टमको प्रयोग गर्न सकिन्छ र ‘हेलो एमजी’ बोले पछि एक सय भन्दा धेरै कार्य बोलेकै भरमा गर्न सकिन्छ ।

सो गाडी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । टप भेरिएन्टको एक्सटेरियरमा धेरै स्थानमा क्रोम फिनिस हुनेछ । त्यसैगरी लोअर भेरिएन्टमा ग्रिल, लोअर बम्पर र विन्डो लाइनमा सिल्भर टच हुनेछ । त्यसैगरी सिंगल टोन अलोय ह्विल हुनेछ भने टप भेरिएन्टमा ड्युअल टोन अलोय ह्विल हुनेछ ।

लोअर भेरिएन्टमा हेक्सागोनल मेस ग्रिल हुनेछ । यो वाहेक प्रोजेक्टर हेडलाइट, एलईडी डे लाइट, रुफ रेल्स, ओआरभीएम र इन्टिग्रेटेड टर्न सिग्नल उपलब्ध हुनेछ ।

यसमा भएको फियाटको २.० लिटर मल्टीजेट डिजेल इन्जिनले १७० पीएस पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन हुनेछ । त्यसैगरी १.५ लिटर पेट्रोल इन्जिनले १४३ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसको साथमा सेमी हाइब्रिड सिष्टम पनि उपलब्ध हुनेछ ।

यसको लम्बाई ४६५५ एमएम, चौडाई १८३५ एमएम र उचाई १७६० एमएम छ । यसको ह्विलबेस २७५० एमएम छ भने ग्राउन्ड क्लियरेन्स १९२ एमएम छ ।

एमजी हेक्टरमा इमरजेन्सी कल, १७ इन्चको टायर, भेइकल स्टाटस, सनरुफ, टेलगेट र डोर लकका साथ रिमोट कन्ट्रोल जस्ता फिचर पनि उपलब्ध हुनेछन् । त्यसैगरी ३६० डिग्रीको क्यामेरा, अटो डे नाइट लाइट ओआरभीएम, ७ इन्च फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र बडी सनरुफ जस्ता फिचर मिल्ने छन् । यसमा १०.४ इन्चको इन्फोटेनमेन्ट सिष्टम छ ।

 

Subscribe Now