Apache Race Track Experience

एमजी अर्थात मोरिस ग्यारेजको बहुप्रतिक्षित एसयुभी हेक्टर आज भारतमा सार्वजनिक भएको छ । पेट्रोल र डिजेल दुवै भेरियन्टका साथ हेक्टर सार्वजनिक भएको हो ।

जसमध्ये १५ सय सिसी इन्जिन क्षमताको हेक्टर स्टाइल एमटि मोडलको मुल्य भारु १२ लाख १८ हजार र २ हजार सिसी डिजेल सार्प एमटीको मुल्य भारु १६ लाख ८८ हजार निर्धारण गरिएको छ । हेक्टर पेट्रोल इन्जिनमा अटोमेटिक ट्रान्समिसमा समेत उपलव्ध गराइएको छ । जसको मुल्य भारु १६ लाख ७८ हजार तोकिएको छ । जुन अपेक्षा गरिएभन्दा निकै कम मुल्य हो ।

एमजीले यो एसयुभीमा फियाटको डिजेल  र ड्युअल क्लचको साथमा पेट्रोल इन्जिन जडान गरेको छ । हेक्टरमा एक सय भन्दा धेरै कनेक्टिभिटी फिचर उपलब्ध गराएको छ । यो इन्टरनेटसँग जोडिने भारतको पहिलो एसयुभी समेत हो । जसलाई आवजका माध्यमबाट समेत नियन्त्रण गर्न सकिनेछ ।

भारतीय बजारमा सार्वजनिक भएसंगै हेक्टर नेपाल भित्रिने दिनगन्ति समेत शुरु भएको छ । नेपालस्थित बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार भदौ महिनामा आयोजना हुन गइरहेको नाडा अटो शोको अवसर पारेर यसलाई नेपाल भित्राइने छ । नेपाल आइपुग्दा यसको मुल्य ६० लाखदेखी शुरु हुने अनुमान लगाउन सकिन्छ ।