Apache Race Track Experience

काठमाडौं – ललितपुरको ग्वार्कोमा मेगा मोटर्सले दोस्रो सोरुम खोलेको छ । मेगा मोटर्सले नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पको डिलरको रुपमा कार्य गरिरहेको छ ।

मेगा मोटर्सले आजै आफ्नो आठौं वार्षिकोत्सव समेत मनाएको छ । मेगा मोटर्सले करिव एक वर्ष देखि निसान र ड्याटसन गाडी बिक्री गर्दै आएको छ ।

पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले एक कार्यक्रमका बीच सोरुम उद्घाटन गरे । सो अवसरमा उनले छोटो समयमै ‘बेस्ट डिलर’ मध्ये एक बन्न सफल भएकोमा मेगा मोटर्सलाई बधाई ज्ञापन गर्दै यसमा भिजनरी लिडरसिपको भूमिका महत्वपूर्ण भएको बताए । आगामी दिनमा निसान र ड्याटसनका थप नयाँ मोडलका गाडीहरु समेत नेपाल भित्रिने जानकारी दिदै उनले यी सबै गाडीको बिक्री–वितरणमा मेगा मोटर्सको भूमिका महत्वपूर्ण हुने बताए ।

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका सचिव अनुपकुमार बरालले अटोमोबाइलमा जहिले पनि मोबिलिटी जोडिने र मोबिलिटी बिना जीवन नै असम्भव हुने भएकाले यसलाई विलाशीताको साधन नभई आवश्यकताको साधनको रुपमा लिइनु पर्ने बताए । उनले मेगा मोटर्स जहिले पनि सफलतातिर उन्मुख भइरहेको बताउदै आगामी दिनमा समेत सफलतापूर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

सो अवसरमा पायोनियर मोटोकर्पका एजीएम ज्ञानेन्द्र चन्द र अन्य विशिष्ट पदाधिकारीहरुका साथै अन्य विभिन्न ब्यक्तित्वहरुले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उक्त अवसरमा नेपाली अटोमोबाइल क्षेत्रका लागि विशिष्ट योगदान पु¥याएका पत्रकारहरुलाई सम्मान गरिनुका साथै सामुदायिक वाल उद्यान केन्द्रलाई सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको थियो ।

मेगा मोटर्सले पहिलो सोरुम पानीपोखरीमा स्थापना गरेको छ । मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पालले आगामी दिनमा समेत यो क्षेत्रमा थप क्रियाशील भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।