असोज ४ देखि मेगा एक्सचेन्ज विक हुने, विभिन्न स्किमका साथ नयाँ गाडी लिन सकिने

ISUZU

yamaha-nepal
tvs-race
thee-go

काठमाडौं – निसान र ड्याटसन गाडीको डिलर मेगा मोटर्सले आगामी असोज ४ देखि ९ गते सम्म मेगा एक्सचेन्ज विक आयोजना गर्ने भएको छ ।

सो अवसरमा आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान वा ड्याटसन गाडी साट्न सकिने छ ।

ललितपुरको बालकुमारीस्थित सोरुममा हुने सो एक्सचेन्ज विकमा ५ लाख रुपैयाँ सम्मको नगद छुट उपलब्ध हुने मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पालले बताए । यसका साथै ३ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस, २५ हजार रुपैयाँको लोयल्टी बोनस र २७ हजार रुपैयाँ सम्मको एसेसरिज प्राप्त हुनेछ ।

नयाँ गाडी किन्दा एक वर्षको सडक कर निःशुल्क गरिनुका साथै ३ वर्ष सम्म सर्भिसिङ निःशुल्क हुनेछ भने ३ वर्षकै वारेन्टी उपलब्ध हुनेछ ।

नयाँ गाडीका लागि पुरानो गाडीको अन द स्पट भ्यालुएसन र नयाँ गाडीका लागि आवश्यक फाइनान्सिङ समेत हुनेछ भने टेस्ट ड्राइभ गर्ने प्रत्येकलाई गिफ्ट प्रदान गरिने छ ।

मेगा मोटर्सले केही दिन पहिले मात्र महारागजञ्जस्थित सोरुममा मेगा भर्चुअल अटो शो सम्पन्न गरेको छ ।

 


Subscribe Now