नुवाकोटमा मेकानिक तथा व्यवसायी भेला सम्पन्न

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – नुवाकोट अटो मेकानिक्स व्यवसायी संघले साधारण सभाको लागि आर्थिक छलफल र मेकानिक तथा व्यवसायी भेला कार्यक्रमको आयोजना गरेको छ । शनिबार सम्पन्न सो छलफल तथा भेला कार्यक्रममा संघका विविध गतिविधि र आगामी दिनमा गरिने विभिन्न कार्यक्रमका वारेमा छलफल भएको छ ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त छलफल कार्यक्रममा नुवाकोटमा कार्यरत विभिन्न अटो मेकानिक्स व्यवसायीहरुको संलग्नता रहेको थियो ।

सो अवसरमा विभिन्न आर्थिक विषय र अन्य विषयमा समेत छलफल भएको थियो । आगामी दिनमा व्यवसायीहरुको हितका लागि विभिन्न कार्य गरिने र यसका लागि आवश्यक तयारीका वारेमा गहन छलफल भएको संघका अध्यक्ष भक्त बहादुर सुनारले बताए ।

 


Subscribe Now