बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
धादिङ अटोमोबाइल एसोसिएसनका अध्यक्ष तथा प्रस्थान अटो ट्रेडर्सका सञ्चालक हुन्– इन्द्रकुमार त्रिपाठी । उनी विगत १४ वर्ष यता अटोमोवाइल क्षेत्रमा सक्रिय छन् ।
त्रिपाठीले सञ्चालन गरेको प्रस्थान अटो ट्रेडर्सले नयाँ तथा पुराना गाडी किनबेचको काम गर्छ । प्रस्थान ट्रेडर्सले विभिन्न गाडी कम्पनीका च्यासिस ल्याएर गाडीको बडी बनाएर बेच्ने गरेको त्रिपाठी बताउँछन् । १४ वर्ष अघि ४ करोड लगानीमा सुरु भएको प्रस्थान अटो ट्रेडर्सले विशेषगरी टाटाका गाडी तयार गरेर किनबेच गर्ने गरेको छ । ‘हामीले विशेषगरी टाटाका गाडीहरु बनाउने गर्छौं,’ उनी भन्छन्, ‘वार्षिक ३० वटा भन्दा बढी गाडी किनबेच गरिरहेका हुन्छौं ।’ १४ वर्षको यो अवधिमा २०७२ सालमा चाहिं ५० वटाभन्दा बढी गाडी बिक्री गरेको उनी सुनाउँछन् ।
त्रिपाठी पेसाले शिक्षक पनि हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पुरा गरेका त्रिपाठी सुरुवाती दिनमा शिक्षण पेसामा आवद्ध थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेको र शिक्षण पेसामा पनि आवद्ध भएको व्यक्ति कसरी अटोमोबाइल व्यवसायमा सक्रिय हुनुभयो ? यो प्रश्नमा उनी भन्छन्, ‘मेरो बुबा पनि अटो व्यवसायमा आवद्ध हुनुहन्थ्यो । मैले कुनै न कुनै व्यवसाय गर्नु नै थियो । त्यसो त बुबाले गर्दै आउनु भएको पेसालाई अंगालें ।’ यतिबेला उनको ट्रेडर्समा १४ जना कर्मचारी कार्यरत छन् ।
ट्रेडर्समा नयाँ तथा पुराना गाडीको किनबेच हुन्छ । तर नयाँको तुलनामा पुराना गाडी बेच्न धेरै झन्झट हुने भएकाले नयाँ गाडीलाई पहिलो प्राथमिकतामा राखिएको उनी बताउँछन् । यसका साथै प्रस्थान अटो ट्रेडर्स सिप्रदी अटो पार्टस्को रिटेलर पनि हो ।
अटोमोबाइल एसोसिएसनमा सक्रिय
त्रिपाठी पछिल्लो समय अटोमोबाइल एसोसिएसनमा सक्रिय छन् । उनी धादिङ अटोमोबाइल एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन् । उनकै सक्रियतामा धादिङमा अटोमोबाइल एसोसिएसन दर्ता भएको उनी बताउँछन् । २०७१ सालबाट सुरु भएको धादिङ अटोमोबाइल एसोसिएसन भूकम्पका कारण २०७४ सालमा मात्र दर्ता भयो । हाल एसोसिएसनमा धादिङका ३ सय ५० अटो व्यवसायी आवद्ध छन् ।
संस्थामा आवद्ध व्यवसाय तथा मेकानिकको हकहितका पक्षमा एसोसिएसन लागिरहेको त्रिपाठी बताउँछन् । ‘अटोमोबाइल क्षेत्रमा सबै पढेलेखेका मान्छे हुँदैनन् यसलाई धेरैजसोले अपहेलित पेसाको रुपमा लिन्छन्,’ ४१ वर्षिय त्रिपाठीले भने, ‘अटो सम्बन्धी ज्ञान नभएकालाई टेक्निकल कुरा सिकाउन र उनीहरुको सुरक्षाका लागि यो संस्था खोलिएको हो ।’
धादिङ अटोमोबाइल एसोसिएसनले संस्थामा आवद्ध भएका व्यवसायमा कार्यरत कर्मचारी अर्थात मेकानिकहरुको बिमा गरेको छ । जसमार्फत उक्त व्यवसायसँग वार्षिक १ हजार ३ सय रुपैयाँ लिँदै आएको छ । यदि कुनै कामदार काम गर्ने क्रममा घाइते भयो भने उसले बिमावापत २ लाखसम्मको उपचार हुन्छ । यदि कोही कामदार अर्थात मेकानिकको मृत्यु भएमा बिमा कम्पनीले क्षतिपूर्ति दिलाउने छ । जसको सहजिकरणका लागि अटोमोबाइल एसोसिएसनले समन्वय गरिरहेको त्रिपाठी बताउँछन् ।
जग्गा अभावमा अटोल्यान्ड बनेन
धादिङमा अटोल्यान्ड बनाउनका लागि बजेट विनियोजन भए तापनि जग्गा अभावमा त्यो प्रक्रिया अघि बढ्न नसकेको उनी बताउँछन् । ‘धादिङमा अटोल्यान्ड बनाउनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो,’ उनले भने, ‘पृथ्वी राजमार्ग वरिपरि जग्गा नपाइएकाले त्यो प्रक्रिया अघि बढ्न सकेन ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...