बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
मारुती सुजुकी कम्पनीले हरेक ६ महिनामा एउटा एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले ती कार फरक फरक प्राइस सेगमेन्टमा ल्याउँदै छ । बिजनेस स्ट्यान्डडको रिपोर्ट अनुसार मारुती सुजुकीले यसको शुरुवात मिड २०२१ बाट गर्नेछ र २०२३ सम्ममा हरेक ६ महिनामा नयाँ एसयूभी लन्च गर्नेछ । यसरी कम्पनी ५ नयाँ एसयूभी ल्याउने तयारी गर्दैछ ।
बजारको मागलाई ध्यानमा राखेर कम्पनीले यस्तो निर्णय गरेको हो । साथै किया र हुन्डाई जस्ता कम्पनीले पनि मारुतीसँग प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीका अनुसार सो कारको मूल्यमा ४५ हजार देखि ५० हजार भारुको फरक हुनेछ ।
रिपोर्टका अनुसार सबैभन्दा पहिला टोयोटा सुजुकीको साझेदारीमा मल्टी पर्पज भेइकल ल्याउनेछ । यसमा ब्याजिङ टोयोटाको हुनेछ । त्यसपछि २०२२ मा नयाँ भिटारा ब्रेजा लन्च गर्नेछ । सोही वर्ष कम्पनीले मिड साइज एसयूभी लन्च गर्नेछ । जसले हुन्डाई क्रेटा र किया सोनेटसँग प्रतिस्पर्धा गर्नेछ । टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नको लागि क्रसओभरको बिक्री पनि शुरु गर्नेछ ।
मारुतीले सन् २०२३ मा मेड इन इन्डिया जिम्नी कार लन्च गर्ने सम्भावना रहेको छ । ब्राण्ड कन्सल्टेन्सी फर्म एक्सपेरियलका फाउन्डर अविन चट्टोपाध्यायका अनुसार १० लाख भन्दा बढी मूल्य पर्ने कारमा टोयोटाको ब्याजिङ र १० लाख भन्दा कम मूल्यमा सुजुकी ब्याजिङ हुनुपर्ने धारणा राखेका छन् । विश्वभर एसयूभीको माग बढी रहेको छ । यो वर्ष भारतमा लन्च भएका ४८ नयाँ कारमा आधा एसयूभी कार मात्र रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...