यसकारण चर्चित बन्यो प्रिमियम कार बलेनो, यस्ता छन् फिचर

अटो बजारमा प्रिमियम ह्याचब्याक सेगमेन्टमा केही समयदेखि मारुती सुजुकी बलेनो निकै चर्चित रहयो । यो सेगमेन्टमा बलेनोसँग प्रतिस्पर्धा गर्नका लागि हुन्डाई एलिट आई २० बजारमा उपलब्ध रहेको छ ।

भारतीय बजारमा केही समयदेखि हुन्डाईको एलिट आई २० भन्दा मारुतीको बलेनोको बिक्री उच्च रहेको छ । जनवरीमा बलेनो १६ हजार ७ सय १७ युनिट बिक्री भएको थियो भने एलिट आई २० मात्र १३ हजार २ सय ९० युनिट बिक्री भएको थियो ।

नेपाली बजारमा पनि बलेनो र एलिट आई २० दुवै गाडी उपलब्ध छन् । यद्यपि नेपाली बजारमा भएको बिक्री तथ्यांकको आधिकारिक जानकारी कम्पनीहरुले नगराउने भएकाले कुनै तथ्यांक उपलब्ध छैन ।

फिचर्स
मारुती बलेनोमा धेरै फिचर्सहरु रहेको छ । यसमा इन्ट्री र स्टार्ट, रियर पार्किङ सेन्सर र क्यामेरा, अटोमेटिक हेडल्याम्प्स र फलो मि ल्याम्प्स, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एपल कारप्ले एन्ड्रोइडको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट जस्ता फिचर्स उपलब्ध छ ।

कारको सबै भेरिएन्टमा ईबीडीको साथमा एबीएस र ड्युअल एयरब्याग्स पनि उपलब्ध रहेको छ । बलेनोमा ट्रयाक गर्न र यसको उपकरणहरुको स्थिति जान्नको लागि सुजुकी कनेक्टको प्रयोग गरिएको छ । निकै राम्रो फिचर्स भएको कारण गर्दा बलेनोको सो सेगमेन्ट निकै चर्चित रहेको छ ।

इन्जिन र ट्रान्समिसन
बलेनोमा दुई वटा इन्जिनको विकल्प दिइएको छ । पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन तथा डिजेल इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ ।

स्पेस र कन्फर्ट
बलेनोको लम्बाई ३९९५ एमएम, चौडाइए १७४५ एमएम र ह्विलबेस २५२२ एमएम रहेको छ । यसको कारणले गर्दा यसको क्याविन स्पेस ठूलो देखिन्छ । कारमा पाँच यात्रीको लागि उपयुक्त सिट रहेको छ । सो कारको रियर सिट निकै आरमदायी रहेको छ । धेरै स्पेस र आरामदायी भएको कारणले लामो दुरीको लागि सो कार निकै उपयुक्त रहेको छ ।

मूल्य र माइलेज
कुनै पनि कारमा माइलेजको निकै ठूलो भुमिका खेलेको हुन्छ, जुन बलेनोमा पाइन्छ । नेपाली बजारमा बलेनो डेल्टा, बलेनो जिटा र बलेनो अल्फा गरी तीन भेरिएन्टमा यो कार उपलब्ध छ । यी कारको मूल्य क्रमशः ३२ लाख ८९ हजार, ३५ लाख ८९ हजार र ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । डिजेल इन्जिनको बलेनोले २७.३९ किलोमिटर प्रति लिटर र पेट्रोल इन्जिनमा २१.४ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।

 

Subscribe Now