tvs-race

काठमाडौं – आज देखि प्रारम्भ हुने कार्यक्रम ‘२०७७ को गाईजात्रा’ एपी वान टेलिभिजनमा हेर्दा म्याक लुब्रिकेन्ट र अन्य सामग्री पाउन सकिने भएको छ । सो कार्यक्रम गजुरियल डटकमको युट्युब च्यानलमा समेत हेर्न सकिने छ ।

नेपालका लागि म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस अन्तर्गत २५ जना ग्राहकलाई एक वर्ष सम्म म्याक फोरटी स्टालियन इन्जिन आयल र आकर्षक सामग्री दिने बताएको छ ।

गाईजात्रा कार्यक्रम आज देखि प्रारम्भ हुनेछ । सो कार्यक्रम बेलुकी ८ देखि ९ बजे सम्म हेर्न सकिने छ । सहभागी हुन चाहनेले कार्यक्रमको बीचमा आउने म्याक फोरटी स्टालियनलाई क्याप्चर गर्नु पर्नेछ ।

त्यसपछि सो इमेजलाई म्याकको फेसबुक पेजमा इनबक्स गर्नु पर्नेछ । त्यसैगरी यसलाई फेसबुक पेजमा पब्लिक गरेर सेयर गर्नु पर्नेछ ।

Motorhead

आगामी साउन २१ सम्म चल्ने सो कार्यक्रममा नेपालमै बसोबास गरिरहेका व्यक्तिहरु मात्र सहभागी हुन पाउने छन् । उनीहरु साउन २५ गते सम्म सहभागी हुन सक्ने छन् ।

विजयी प्रतियोगीहरुको घोषणा कार्यक्रम सम्पन्न भएको एक साता पश्चात गरिने छ र सो कार्य लक्की ड्रमार्फत सम्पन्न गरिने बताइएको छ ।